२०८२, २३ चैत्र मंगलबार

प्रतिनिधि सभाको बैठक फागुन २३ गते अपराह्न ४ बजे

प्रतिनिधि सभाको बैठक फागुन २३ गते अपराह्न ४ बजे

प्रधानमन्त्रीले संसद फेस गर्ने भएपछि दाहाल नेपाल समूह अप्ठ्यारोमा


काठमाडौँ, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको बैठक आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसअनुसार फागुन २३ गते अपराह्न ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको र सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनका लागि दलहरुबीच तीब्र लविङ सुरु भएको छ । अदालतको फैसलापछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने अपेक्षा गरिएको थियो । तर, ओलीले राजीनामा नदिने बरु संसद पेस गर्ने बताएपछि नेकपा दाहाल नेपाल समूहसमेत अलमलमा परेको छ ।

नेपाली कांग्रेस र जसपाले नेकपा दुई समूहको आधिकारिकता नटुंगिएसम्म एक पक्षसँग सहमति गर्न नसक्ने निष्कर्ष निकालेपछि दाहाल–नेपाल पक्ष अप्ठ्यारोमा परेको छ । अविश्वासको प्रस्ताव पेस गरौँ भने पारित हुन नसक्ने डर, नगरौँ भने ओलीको सत्ता झनै लम्बिने भएपछि यो समूहले यसबारे छलफल गर्न स्थायी समिति र केन्द्रीय समितिको बैठकसमेत बोलाएको छ । प्रधानमन्त्री ओलीलाई कुन रणनीति अपनाएर हटाउने अझैसम्म निर्णय लिन सकेको छैन ।

उता नेकपा ओली समूहले भने यही सरकारले निरन्तरता पाउने दाबी गरिरहेको छ । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र जसपाले समेत आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्ने जिकिर गरिरहेका छन् । सत्ता सुम्पिनु नै परे दाहाल नेपाललाई भन्दा कांग्रेसका शेरबहादुर देउवाले दिने तयारीमा प्रधानमन्त्री ओली लागेका छन् । जसले प्रतिनिधि सभा पुनस्र्थापना भएपछि हौसिएर लड्डु खाएका प्रचण्ड र माधव नेपाललाई अप्ठ्यारो परेको छ ।

 

 

प्रकाशित मिति : २०७७, १७ फाल्गुन सोमबार  ९ : ०० बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर