२०८३, २२ जेष्ठ शनिबार

प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्चद्वारा एमिकस क्युरीसँग राय लिन सुरु

प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्चद्वारा एमिकस क्युरीसँग राय लिन सुरु

अर्को साताभित्र फैसला आउने अनुमान


काठमाडौँ, ४ फागुन । प्रतिनिधि सभा विघटनका विषयमा राय लिन सर्वोच्च अदालतले गठन गरेको एमिकस क्युरीले आजबाट राय दिने छ । संसद विघटनविरुद्ध परेका रिटहरुमा पक्ष–विपक्षका वकिलहरुको बहस सकिएपछि सर्वोच्चले आजबाट एमिकस क्युरीसँग राय लिन लागेको हो ।

एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली छन् भने सर्वोच्च बार एसोसिएसनले अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौलालाई पठाएको छ । उनीहरुले आजबाट आफ्नो राय दिनेछन् । एमिकस क्युरीको रायपछि सर्वोच्चले आफ्नो फैसला सुनाउने छ ।

एमिकस क्युरीले आफ्नो राय राखिसकेपछि फागुन दोस्रो साताभित्र अदालतको फैसला आउने अनुमान गरिएको छ ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका थिए ।

प्रकाशित मिति : २०७७, ३ फाल्गुन सोमबार  ८ : ५२ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति