२०८३, २३ जेष्ठ आईतबार

दाहाल नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

दाहाल नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा


काठमाडौँ, २ फागुन । नेकपा दाहाल नेपाल समूहले प्रतिनिधि सभा विघटन विरुद्ध थप आन्दोलनको घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार पत्रकार सम्मेलन गरेर फागुन ५ देखि १५ गतेसम्म चौथो चरणको आन्दोलन घोषणा गरेको हो ।

दाहाल नेपाल समूहले फागुन ६ गते प्रतिगमन, महँगी र भष्ट्राचारको विरोधमा काठमाडौंको टुँडिखेल वरीपरी मानव साङ्लोसहितको विरोध कार्यक्रम तय गरेको छ । त्यस्तै फागुन ५ देखि १२ गतेसम्म जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गर्ने जनाएको छ ।

यसैगरी दाहाल नेपाल समूहले फागुन ८ गते प्रतिगमनविरुद्ध बृहत् अन्तरक्रिया र ९ गते महिला हिंसा, बलात्कारविरुद्ध देशव्यापी महिलाहरुको विरोध कार्यक्रमको घोषणा पनि गरेको छ । फागुन १२ गते चितवन, फागुन २१ गते दाङ, जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७७, २ फाल्गुन आईतबार  ८ : ५५ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति