२०८३, ११ भाद्र शुक्रबार

चुनाव दुनियाँको कुनै तागतले रोक्न सक्दैन : पौडेल

चुनाव दुनियाँको कुनै तागतले रोक्न सक्दैन : पौडेल


बुटवल १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी वैशाखको चुनाव दुनियाँको कुनै तागतले रोक्न नसक्ने बताएका छन् । शनिबार ओली समूहको लुम्बिनी प्रदेशद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उनले वैशाख १७ र २७ गते निर्वाचन दुनियाँको कुनै तागतले रोक्न नसक्ने दाबी गरेका हुन् ।

महासचिव पौडेलले भने– ‘म यहाँहरुलाई बताउन चाहन्छु, वैशाखमा चुनाव हुन्छ । वैशाखको १७ गते चुनाव हुन्छ । वैशाखको २७ गते चुनाव हुन्छ । दुनियाँको कुनै तागतले चुनावलाई रोक्न सक्दैन । म यहाँहरुलाई आग्रह गर्न चाहन्छु, यहाँहरु जनसभाबाट फर्किएपछि गाउँगाउँमा, टोलटोलमा, बस्तीबस्तीमा चुनावको तयारीमा लाग्नुहोस् । वैशाख १७ गतेको चुनावको तयारीमा लाग्नुहोस् ।’

महासचिव पौडेलले ओली नेतृत्वको नेकपामा जनमत रहेको भन्दै पार्टी आधिकारिकताको लागि योभन्दा ठूलो वैधानिकता अरु केही नहुने जिकिर गरे । उनले भने, ‘चुनाव चिह्न, सूर्य चिह्न कमरेड केपी शर्मा ओलीले नेतृत्व गरेको कम्युनिस्ट पार्टीसँग रहनेछ । यहाँहरुले आफ्नो हातमा रहिरहेको सूर्य चिह्नलाई आत्मविश्वासका साथमा फहराउनुस् ।’

महासचिव पौडेलले नेकपा विभाजन नभएको जिकिर गरे । नेकपाका इमानदार कार्यकर्ता, जनता तथा योद्धाहरुले नेकपालाई विभाजन गर्न नदिने उनको भनाइ छ ।

अर्थमन्त्री पौडेलले लुम्बिनी प्रदेशलाई विकासमा पछाडि पर्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे । ओलीको नेतृत्वमा गोलबद्ध भएकाहरुले प्रदेशलाई समृद्ध बनाउँछौँ भन्ने आत्मविश्वाससाथ आफ्नो कार्यक्षेत्रमा फर्कन उनले कार्यकर्ताहरुलाई आग्रह गरे । पार्टीबाट केही स्वार्थी तत्व किनारा लागे पनि अलमलमा परेकाहरु आफ्नो पार्टीमा फर्कने र शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गरी पुनः एक कार्यकाल ओलीलाई प्रधानमन्त्री बनाउने उनले दाबी गरे ।

प्रकाशित मिति : २०७७, १ फाल्गुन शनिबार  १० : ४१ बजे

बाढीको नयाँ खतरा देखिएपछि तिब्बतमा उद्धारकर्मी नै पछि हटाइए

बेइजिङ । विनाशकारी बाढी र पहिरोपछि बेपत्ताको खोजीमा खटिएको उद्धार

बाढीग्रस्त उत्तरगयाका अध्यक्षको पीडा-‘संघीय सरकार आकाश र सामाजिक सञ्जालमा मात्र देखिन्छ’

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढी प्रभावित

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

जनै फेरेर र रक्षाबन्धन बाँधेर आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ । देशभर आज वैदिक सनातन धर्मावलम्बीले नयाँ यज्ञोपवीत अर्थात्

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत