२०८३, २ भाद्र बुधबार

‘हाम्रो खोपले नयाँ कोरोना भाइरसविरुद्ध पनि काम गर्ने देखियो’ : मोडर्ना

‘हाम्रो खोपले नयाँ कोरोना भाइरसविरुद्ध पनि काम गर्ने देखियो’ : मोडर्ना


काठमाडौं, १३ माघ : कोभिडको अमेरिकी खोप, मोडर्नाले बेलायत र दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाइरसको नयाँ रुपविरुद्ध काम गर्ने कम्पनीका वैज्ञानिकहरुले जानकारी दिएका छन् । ल्याब परीक्षणको प्रारम्भिक नतिजाले खोपबाट उत्पन्न एन्टिबडिजले नयाँ भाइरससँग पनि उत्तिकै प्रभावकारी तरिकाले लड्न सक्ने देखाएको हो ।

यसलाई पूर्ण रुपमा पुष्टि गर्न अझ थप रिसर्चको आवश्यकता रहेको पनि बताइएको छ । यो नयाँ रुपान्तरित कोरोना भाइरस यतिखेर थुप्रै देशमा तेजसाथ फैलिरहेको छ । समयसँगै प्राकृतिक रुपमा विकसित भएको नयाँ किसिमको कोरोना भाइरसले सुरुआतमा भन्दा छिटो र सजिलै मान्छेको सेललाई संक्रमित गराउन सक्छ । विज्ञहरुका अनुसार सेप्टेम्बरमा बेलायतबाट उत्पति भएको सो भाइरस तुलनात्मक रुपमा ७० प्रतिशतभन्दा बढी संक्रामक रहेको छ ।

तर, अहिलेका प्रायः खोपहरु शुरुवाती भाइरसको विशेषता अध्ययन गरि निर्माण गरिएको हुँदा यसले नयाँ विकसित कोरोना भाइरस विरुद्ध काम गर्ने–नगर्नेमा चिन्ता बढेको थियो । वैज्ञानिकहरुले खोपको प्रभावकारितामा यसले फरक नपार्ने विश्वास व्यक्त गरे पनि अहिले प्रयोगमा ल्याइएका खोपका कम्पनीहरु यसबारे अनुसन्धान गरिरहेका छन् ।

यसअघि फाइजरको खोपले पनि नयाँ रुपान्तरित भाइरस विरुद्ध काम गर्छ भन्ने नतिजा देखाएको थियो । मोडेर्नासम्बन्धी रिसर्चका लागि यस खोपको दुई डोज लगाइसकेका आठजनाको रगतको स्याम्पल लिइएको हो ।

यसमा नयाँ भाइरसलाई परास्त गर्न मोडर्नाले पर्याप्त एन्टिबडिज उत्पादन गर्न सक्ने पत्ता लागेको हो । तर, यो दक्षिण अफ्रिकामा भेटिएको भाइरसमा भने बेलायतको जति बलियो रुपमा काम नगर्ने देखिएको छ । कम्पनीले बताए अनुसार यसको अर्थ दक्षिण अफ्रिकाको रुपान्तरित भाइरसविरुद्ध यो खोपले दिने सुरक्षा तुलनात्मक रुपमा छिटो हराउन सक्छ ।

बेलायतस्थित वारविक मेडिकल स्कुलका प्रोफेसर लरेन्स योङले यो चिन्ताजनक हुन सक्ने बताए । यस्तो अवस्थामा कम्पनीले अफ्रिकाको नयाँ भाइरसको सन्दर्भमा तेस्रो डोज दिन सकिन्छ कि भन्ने सम्बन्धी परीक्षण गरिरहेको छ ।

अहिले प्रायः वैज्ञानिकहरुले नयाँ प्रकारको भाइरस विरुद्ध लड्न खोपलाई पुनः डिजाइन गर्ने सम्बन्धी विचार गरिरहेका छन् । मोडेर्नाको खोपले पनि फाइजर जसरी नै काम गर्छ र विभिन्न देशहरुमा प्रयोगमा आइसकेको छ । बेलायतमा अहिले ६३ लाखभन्दा बढी मानिसले फाइजर र एस्ट्राजेनेका खोपको पहिलो डोज लगाइसकेका छन् । बीबीसी

प्रकाशित मिति : २०७७, १३ माघ मंगलबार  ८ : ३२ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश