२०८३, ३१ भाद्र बिहीबार

पनौती तरकारीको पकेट क्षेत्र

पनौती तरकारीको पकेट क्षेत्र

१५ सय वटा टनेला, ४ हजार ५ सय जना किसान रोजगार


पनौती २४ पुस :  पनौती नगरपालिकाको वडा नं ८ लाई तरकारीको पकेट क्षेत्र बनाईएको छ । जस अन्र्तगत वडामा रहेका एक हजार वटा टनेलमा ५ सय थपेर १५ सय वटा टनेल पुर्याइएको वडा अध्यक्ष केशव बञ्जाराले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडालाई तरकारी पकेट क्षेत्रको रुपमा स्थापना गरिएसँगै वडामा गोलडेला, काउली मुला लगायतका तरकारी उत्पादनमा थप जोड दिइएको छ । नगरपालिका मार्फत पनि किसानहरुलाई विभिन्न औजार उपकारण वितरण तथा औषधीहरुको बारेमा तालिम दिने काम गरिरहेको छ । धेरै जमिनमा तरकारी खेती गर्ने किसानहरुले भने कृषि औजारको माग गर्ने गरेको वडाको भनाई छ ।

योसँगै तरकारी खेती सम्बन्धि बजारीकरण तथा विभिन्न खालका तालिमहरुको माग किसानहरुद्धारा हुदैँ आएकोमा किसानहरुको माग सम्बोधनमा वडा लागि परेको वडा अध्यक्ष बञ्जाराले बताउनुभयो । उहाँका अनुसार वडामा रहेका १ सय २० जनाको १५ सय वटा टनेलामा करिब ४ हजार ५ सय जना जतिले काम गरिरहनुभएको छ ।

प्रकाशित मिति : २०७७, २४ पुस शुक्रबार  ८ : ४६ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक