२०८३, १५ कार्तिक आईतबार

काभ्रेमा प्रचण्ड माधव समूहद्वारा प्रधानमन्त्रीलाई विरोध पत्र

काभ्रेमा प्रचण्ड माधव समूहद्वारा प्रधानमन्त्रीलाई विरोध पत्र


धुलिखेल २४ पुस :   संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालय काभ्रे मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाएको छ । प्रचण्ड–माधव पक्षका नेता तथा कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालयहरुमा पुगेर प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाएका हुन् ।

धुलिखेलमा जम्मा भएर नेकपाका जिल्ला अध्यक्ष रुकु चौलागाइ, सचिव टोकबहादुर बाईवा र निवर्तमान संघीय सांसद गंगाबहादुर दोङ बागमती प्रदेश सदस्यहरु रत्न ढकाल, बसुन्धरा हुमागाई र लक्ष्मण लम्साल सहितको टोली प्रशासन कार्यालय पुगेका थिए ।

विरोध पत्रमा प्रतिनीधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएकोले निर्णय फिर्ता लिएर अधिवेशन बोलाउन माग गरिएको छ ।

प्रकाशित मिति : २०७७, २४ पुस शुक्रबार  ८ : ३४ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक