२०८३, १३ बैशाख सोमबार

राष्ट्रपतिविरूद्ध आपत्तिजनक नाराबाजी गर्ने विष्ट खोज्दै प्रहरी

राष्ट्रपतिविरूद्ध आपत्तिजनक नाराबाजी गर्ने विष्ट खोज्दै प्रहरी


काठमाडौँ १६ पुस :  राष्ट्रपति बिद्यादेवी भण्डारीबिरुद्ध मानव समाज नै लज्जित हुने खालको नारा लगाउने प्रचण्ड–माधव नेपाल पक्षका नेताको पहिचान खुलेको छ । प्रतिनिधिसभा विघटन विरुद्ध पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले मंगलवार काठमाडौंमा गरेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिप्रति आपत्तिजनक र अमर्यादित लाञ्छाना लगाउँदै नाराबाजी गर्ने व्यक्तिको पहिचान भएको हो । प्रचण्ड र नेपालको निर्देशमा नाराबाजी गर्ने युवाहरूलाई प्रहरीले खोजीरहेको छ ।

प्रहरीकाअनुसार तत्कालिन माओवादी सम्बद्ध वाइसिएलका केन्द्रीय सदस्य रहेका दार्चुलाका नरबहादुर बिष्ट रहेको जानकारी दिएको छ । उनको खोजीका लागि प्रहरी परिचालन भएको छ । राष्ट्रपतिकी छोरी उषाकिरण र नेकपासम्बद्ध महिला संघले प्रहरीलाई दोषीको पहिचान गरी कडा कारवाही गर्न माग गर्नुभएको थियो ।

बिष्ट दार्चुलाको मार्मा गाउँपालिका कमिटीको नेकपा अध्यक्ष समेत रहेको जानकारी प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ । जुलुसमा माइकबाटै उनले राष्ट्रपतिको नाम किटेर व्यक्तिगत चरित्रहत्या गर्ने हिसाबले अमर्यादित नारा लगाएका थिए । जसको चर्को आलोचना समेत भईरहेको छ । फोटोमा भएका व्यक्तिले पनि नारा सो अभद्र नारा लगाएको र अन्यले साथ दिईरहेको प्रष्टसँग सुन्न सकिन्छ । उनलाई साथ दिने अरुको पनि पहिचान भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १६ पुस बिहीबार  ८ : १३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले