२०८२, ४ पुस शुक्रबार

चिनियाँ टोलीलाई प्रधानमन्त्री ओलीको जवाफ : पछि फर्किन सकिन्न

चिनियाँ टोलीलाई प्रधानमन्त्री ओलीको जवाफ : पछि फर्किन सकिन्न


काठमाडौं, १४ पुस :  प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ टोलीले मूल रूपमा प्रतिनिधिसभा विघटनको विषयमा चासो राखेको थियो । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले पछि फर्किन सकिने परिस्थिति नरहेको जानकारी गराएका थिए । ‘पार्टीभित्रैबाट संसद्को दुरुपयोग गरी अप्रिय दुर्घटना निम्त्याउने तयारी भएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको हो ।

प्रधानमन्त्रीको भनाइ थियो, ‘ताजा जनादेशका लागि चुनावमा जाने निर्णय लिएको हुँ । अब सम्झौताका नाममा पछि फर्किन सकिन्न ।’ स्रोतका अनुसार प्रधानमन्त्रीसँग चिनियाँ राष्ट्रपतिका विशेष दूत कुओ येचौले सोधे, ‘के मध्यावधि चुनाव सहज ढंगले सम्भव छ रु’ ‘किन छैन रु’ प्रधानमन्त्रीको जवाफ थियो, ‘मज्जाले सम्भव छ ।’

प्रधानमन्त्री ओलीसँग टोलीले तीन चरणमा भेटवार्ता गरेको स्रोतले जनायो । पहिलो चरणमा प्रधानमन्त्री ओलीसँग अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्बाङ थिए । त्यसपछि उनीहरू बाहिरिए । प्रधानमन्त्रीको साथमा प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई सामेल भए । अन्त्यमा प्रधानमन्त्री एक्लै बसेर भेट गरे ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन भई मुलुक चुनावमा गइसकेकाले नयाँ जनादेशबाट फेरि स्थिरताको बाटोमा नेपाल जाने धारणा राखेको स्रोतले बतायो । पार्टीमा पुनः कुनै मिलन विन्दु निस्कन सक्छ कि रु भन्ने टोलीको अर्को जिज्ञासामा ओलीले नेकपा फुट नै नभएको बताए । ‘केही नेता आफ्नो व्यक्तिगत स्वार्थ र कुण्ठाका कारण चोइटिएर गएका मात्र हुन् । यसलाई पार्टी फुटेको भन्न मिल्दैन’, प्रधानमन्त्रीको भनाइ थियो ।

लामो समय प्रधानमन्त्री ओलीले आफ्ना कुरा राखेका थिए । टोलीका सदस्य कम मात्र बोलेका थिए । प्रधानमन्त्री ओलीले नेपाल सधँै एक चीन नीतिको पक्षमा दृढ रहेको विश्वास पनि भेटका क्रममा व्यक्त गरेको परराष्ट्र सल्लाहकार भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् । राजनीतिक संवादका विषयमा भने उनले केही खुलाएका छैनन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति : २०७७, १४ पुस मंगलबार  ८ : ३० बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा