२०८३, १५ कार्तिक आईतबार

कांग्रेसमा पुनः ज्योतिषीको चर्चा : देउवाले भने, ‘अब म प्रधानमन्त्री’

कांग्रेसमा पुनः ज्योतिषीको चर्चा : देउवाले भने, ‘अब म प्रधानमन्त्री’


काठमाडौं, १२ पुस :  कांग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले ‘६ पटक प्रधानमन्त्री बन्छन्’ भनिदिएको विषय अहिले पार्टीभित्र पुनः चर्चामा छ ।

शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा पुनर्स्थापना भए पनि कांग्रेस निर्णायक शक्ति हुने पृष्ठभूमि जोड्दै प्रधानमन्त्रीको लाइनमा को–को हुनुहन्छ, ज्योतिषीकोमा हेराउन गए हुन्छ भनी धारणा राखेका थिए ।

कार्कीले त्यसको भन्दा देउवा मख्ख मात्रै थिएनन्, उनले बोलेर सकिना साथ कार्कीको भनाइको जवाफ पनि दिइहाले । ‘मै प्रधानमन्त्री बन्ने सम्भावना छ,’ देउवाको प्रतिक्रिया उद्धृत गर्दै केन्द्रीय कार्यसमितिका एक सदस्ये भने, ‘हाम्रा सभापतिजीलाई प्रधानमन्त्री बन्न कति आशक्ति छ भन्ने कुरा शुक्रबारकै बैठकमा पनि देखाउनु भयो । ज्योतिषीले भने जस्तौ परिस्थिति पनि उहाँकै वरिपरि आइरहेको छ ।’

सत्ताका लागि जस्तो पनि जोखिम मौल्न सक्ने छवि बनाएका देउवाले प्रतिनिधिसभा विघटनको घटनालाई पनि आफ्नो लाभ हानीसँग तुलना गर्न थालेको भनेर यतिबेला पार्टीभित्र चर्को आलोचना भइरहेको छ । तर जति आलोचना भए पनि उनी आफ्नो अडानबाट हल्लिएका छैनन् । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७७, १२ पुस आईतबार  ८ : ३० बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक