२०८२, २३ चैत्र मंगलबार

विप्लवको ‘क्रान्ति’मा भ्वाङ पर्यो : पूर्वमन्त्री बाँस्कोटा

विप्लवको ‘क्रान्ति’मा भ्वाङ पर्यो : पूर्वमन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, १३ मङ्सिर  :  पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्दको ‘क्रान्ति’मा भ्वाङ गरेको दावी गर्नुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा चन्द नेतृत्वको नेकपा–माओवादीका छ दर्जनभन्दा बढी कार्यकर्तालाई नेकपामा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै चन्दको क्रान्ति आजको आवश्यकता नभएकाले नेकपामा प्रवेश गर्नसमेत सुझाव दिनुभयो ।

“ध्वङ्सत्माक क्रान्ति आजको आवश्यकता हैन, तपाईको क्रान्तिमा भ्वाङ परिसक्यो, अब तपाई पनि नेकपामा प्रवेश गर्नुप¥यो” उहाँले भन्नुभयो । प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले विकास–क्रान्तिको निरन्तरता आजको आवश्यकता भएको औँल्याउनुभयो । उहाँले दोहो¥याउनुभयो “चन्द कमरेड तपाईका नेताकार्यकर्तालाई तपाईको क्रान्ति बेअर्थ लागेर सबै जिल्लाबाट नेकपामा प्रवेश गरिरहेका छन्, तपाई पनि नेकपामा समाहीत भए राम्रो ।”

बाँस्कोटाले नेपालमा हिसात्मक क्रान्ति जरुरी नभएको बताउँदै शान्तिपूर्ण सङ्घर्ष र रुपान्तरणको भने आवश्यक रहेको उहाँको तर्क थियो । “बमभन्दा ठूलो शक्ति जनता हो, उहाँहरुको फैसला नै मुलुकको परिवर्तनको संवाहक हुन्छ” उहाँले थप्नुभयो “जनताले राष्ट्रिय स्वतन्त्रता, जनजीविका, लोकतन्त्र र आथिृक सबृद्धिसँगै आत्मनिर्भरता नै क्रान्ति हो भन्ने देखाइसकेका छन्, अब यसैमा शान्तिपूर्ण सङ्घर्ष गरिरहने हो ।” नेकपामा कोही दास र कोही मालिक नभएको उहाँको धारणा थियो ।

प्रवेश भएपछि तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष कान्छा तामाङ

बाँस्कोटाले गतिशील र सुढृढ नेपाल निर्माणमा रहेको बताउनुभयो । उहाँले नेकपा कुनैपनि हालतामा नफुट्ने दावी गर्दै ठूलो पार्टीमा होहल्ला मात्रै भएको बताउनुभयो । “नेकपा फुट्दैन, अब पार्टीभित्र फुटको राजनीति हैन, विचार, कार्यक्रम, सिद्धान्त र योजनाको प्रतिस्पर्धा हुन्छ ।” उहाँले नेकपालाई ठूलो घरको संज्ञा दिँदै बेलाबेलामा होहल्ला हुनु स्वाभाविक रहेको बताउनुभयो । विकासमा राजनीतिको कुरा अलिअलि आउने भएकाले सबैले विकास–निर्माणमा मिलेर सुख र समृद्धिलाई प्रामिकता दिनुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।

बाँस्कोटाले यसअघि नेकपामा नवप्रवेशीलाई फूलमालाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेकपा बागमती प्रदेश कमिटि सदस्य रामहरि सुवेदी, नेकपाका जिल्ला नेताद्वय रिता ढकाल र अशोककुमार ब्याञ्जूले नवप्रवेशीलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७, १३ मंसिर शनिबार  ५ : ४८ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि