२०८३, ३१ जेष्ठ सोमबार

पाण्डे दुर्व्यवहार प्रकरणमा नेकपा प्रवक्ता श्रेष्ठलाई सूर्य थापाको कटाक्ष

पाण्डे दुर्व्यवहार प्रकरणमा नेकपा प्रवक्ता श्रेष्ठलाई सूर्य थापाको कटाक्ष

‘मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि ढुंगा प्रहार गरिंदा निदाउनु भएको थियो क्यारे'


काठमाडौं, ७ मंसिर । चितवनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको घटनाप्रति विभिन्न टीका टिप्पणीहरु भइरहेका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले घटनाका बारेमा शनिबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेको टिप्पणीबारे प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रतिपाद गर्दै कटाक्षपूर्ण जवाफ दिएका छन् ।

‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क. सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ । यसप्रकारको दुर्व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन । चेत होस्’, श्रेष्ठले ट्वीटरमा लेखेका थिए ।

सोही ट्वीटलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुंगा प्रहार गरेको नदेख्नेले चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार भन्दै विज्ञप्ति जारी गरेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

उनले ट्वीटरमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जवाफ दिँदै भनेका छन्, ‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नु भएको गाडीमाथि ढुंगाप्रहार गरिँदा निदाउनु भएको थियो क्यारे १ चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नु भएछ । गज्जब छ गुटगत अन्तरदृष्टि र छनोटपूर्ण वक्तव्यबाजी ।

दुवै स्थायी कमिटी सदस्य– तब न नारायणकाजी ।’ शनिबार पार्टीको कार्यक्रममा गुटबन्दी गरेको आरोपमा नेता पाण्डेविरुद्ध ओली समूहका कार्यकर्ताले नाराबाजी गरेका थिए । उक्त नाराबाजीको घटनालाई प्रचण्ड–नेपाल समूहले सुनियोजित भन्दै निन्दा गरेपछि ओली समूहका नेताले पनि जवाफी प्रत्यारोप लगाएका छन् ।

 

प्रकाशित मिति : २०७७, ७ मंसिर आईतबार  १० : ५० बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क