२०८३, १४ बैशाख मंगलबार

रेडियो नमोबुद्धको कार्यालय तोडफोड, ल्याटप र नगद चोरी

रेडियो नमोबुद्धको कार्यालय तोडफोड, ल्याटप र नगद चोरी


धुलिखेल, २६ कात्तिकः काभ्रेको धुलिखेल स्थित रेडियो नमोबुद्धको कार्यालयमा चोरी भएको छ । गएराति २ बजेर १५ मिनेटको समयमा अपरिचित ब्यक्तिहरुले कार्यालय प्रवेश गर्ने दुई वटा मुख्य गेटको ताला फोरेर चोरी गरेको स्टेशन म्यानेजर हिरामान लामाले जानकारी दिनुभयो ।

कार्यालयभित्र प्रवेश गरेपछि चोरले तीन वडा कोठाको ताला फोरेर नगद सहित सरसमान चोरी गरीका हुन् । प्राविधिक तथा अनएयर कोठामा रहेको ल्यापटप एक थान र नगर ४ हजार ५ सय रुपैयाँ, दुईवटा बैंकको एटिएम चोरी भएको छ । त्यस्तै दराज फोडेर अडियो रेकर्डहरु समेत चोर्ने प्रयास गरेको स्टेशन म्यानेजर लामाले बताउनुभयो ।

त्यसैगरी स्टेशन म्यानेजरको कोठाको पनि तालो फोरिएको छ । समाचार कक्षको पनि ताला तोडिएको छ । समयमै कार्यालयमा अपरिचित ब्यक्ति पसेको बारे प्राविधिक रवि धितालले आफुलाई जानकारी गराएकाले अन्य क्षति भने हुन नपाएको स्टेशन म्यानेजर लामाले बताउनुभयो । ‘समयमै थाहा पाएकाले धेरै नोक्सानी हुन पाएन् स्टेशन म्यानेजर लामाले भने ‘चोरको खोजी गर्न र समानको पत्ता लगाउन प्रहरीलाई भनेको छौँ ।’

प्रकाशित मिति : २०७७, २६ कार्तिक बुधबार  १० : १० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले