२०८२, २३ चैत्र मंगलबार

मन्त्रिपरिषद पुनर्गठन विष्णु पौडललाई अर्थ र कृष्ण गोपाललाई शहरी विकास

मन्त्रिपरिषद पुनर्गठन विष्णु पौडललाई अर्थ र कृष्ण गोपाललाई शहरी विकास


काठमाडौँ २८ आसोज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा हेरफेर तथा केहि मन्त्री थपेका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री पदमा नेकपा महासचिव विष्णु पौडेललाई नियुक्त गरेका छन्  त्यस्तै हाल महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहेका पर्बत गुरुङलाई सञ्चार तथा सूचना मन्त्री बनाएका छन् ।

त्यस्तै गरि हाल उपप्रधानमन्त्री तथा रक्षा मन्त्री रहेका इश्वर पोखरेललाई मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी दिएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले लिलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीमा नियुक्त गरेका छन् । कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री बनाइएको छ ।

थपिएका नयाँ मन्त्री

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । उनले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले सम्हालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठलाई दिइएको छ

 

प्रकाशित मिति : २०७७, २८ आश्विन बुधबार  ६ : ३९ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि