२०८३, १४ बैशाख मंगलबार

पनौतीमा पहिलो पटक भिडियो एक्सरे सेवा सुरु

पनौतीमा पहिलो पटक भिडियो एक्सरे सेवा सुरु


धुलिखेल, २२ धुलिखेल, पनौती नगरपालिकाको खोपासी प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक भिडियो एक्सरे सेवा सुरु भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र नगरपालिकाको आर्थिक लगानीमा स्थापना गरिएको भिडियाे एक्सरे सेवाको आरम्भ आज नगरप्रमुख भिम प्रसाद न्यौपानेले गर्नुभएको हो ।

मन्त्रालयको १४ लाख र नगरपालिकाको ४ लाख लगानीमा एक्सरे सेवा सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार भिडियो एक्सरे सेवा सुरु भएसँगै पनौती, बेथानचोक र खानीखोला गाउँपालिकाका बिरामीलाई सहज हुनु भएको छ ।

नगरपालिकाले पनौती र कुशादेवीमा समेत भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउने योजना बनाएको छ । नगरपालिकाभित्र दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र, ८ वटा स्वास्थ्य चौकी र दुई वटा शहरी स्वास्थ्य केन्द्र सहित १२ वटा स्वास्थ्य संस्था रहेका छन् । नगरपालिकाको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने योजना अन्तर्गत स्थापना गरिएको भिडियो एक्सरे मेसिनले नगरपालिकाभित्रका नागरिकलाई सहज हुने नगरप्रमु भिमप्रसाद न्यौपानेले जानकरी दिनुभयो ।

 

प्रकाशित मिति : २०७७, २२ आश्विन बिहीबार  ७ : ५३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले