२०८३, ९ कार्तिक सोमबार

धुलिखेल २ का स्वर्गीय वडाध्यक्ष कोइरालाको स्मृति पार्क निर्माण पुरा

धुलिखेल २ का स्वर्गीय वडाध्यक्ष कोइरालाको स्मृति पार्क निर्माण पुरा


धुलिखेल, १५ असोजः धुलिखेल नगरपालिका वडा नम्बर २ का स्वर्गीय वडाध्यक्ष राजन कोरोनाको स्मृति पार्क निर्माण पुरा भएको छ । निर्माण पुरा भएको पार्क आज नगरप्रमुख अशोक कुमार ब्याञ्जुले उद्घाटन गर्नुभएको हो ।

गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेका बेला कोइरालामाथि २०७४ साल भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते भएका कोइरालाको ६ दिन अचेत अवस्थामा नै नर्भिक अस्पताल, काठमाडौँमा उपचारका क्रममा निधन थियो ।

पूर्वमा एमालेबाट वडाध्यक्षमा निर्वाचित कोइरालाको आधाकदको शालिक बनाइएको छ । शालिक सहित पार्क पनि निर्माण गरिएको नगरप्रमुख अशोक कुमार ब्याञ्जुले जानकारी दिनुभयो ।

कोइरालाको टाउकोमा गम्भीर चोट लागेको थियो । आक्रमणपछि कोइराला धुलिखेल नगरपालिका–२ रविओपीमा अचेत अवस्थामा फेला गर्नुभएको थियो । प्रहरीले आक्रमण गर्नेलाई अहिलेसम्म पनि कानुनको दायरामा ल्याउन सकेको छैन् ।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार  ४ : ४५ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि