२०८३, ९ कार्तिक सोमबार

काभ्रेमा १५ जना कोरोना संक्रमित थपिए

काभ्रेमा १५ जना कोरोना संक्रमित थपिए


धुलिखेल, १२ भदौः काभ्रेमा १५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

थपिएका नयाँ कोरोना भाइरसका संक्रमितमा सबैभन्दा बढी धुलिखेल नगरापलिकाका ६ जना रहेका छन् । धुलिखेल नगरपालिकाका ४ जना महिला र २ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

त्यस्तै बनेपा नगरपालिकाका ४ जना महिला र १ पुरुष, पनौती नगरपालिकाका २ जना पुरुष र १ जना महिला संक्रमित भएका छन् । त्यसैगरी पाँचखाल नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको हो ।

यो संख्या जिल्लामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६१५ पुगेको छ । ४०६ जना निको भएर घर फर्किएका छन् । जिल्लामा हालसम्म कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भइसकेको छ । संक्रमित मध्ये १३१ जना अस्पतालको आइसोलेसनमा छन् भने ७२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १२ आश्विन सोमबार  ५ : ०७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि