२०८३, ११ बैशाख शनिबार

काभ्रे च्यासिङखर्कका युवाहरुको लोभलाग्दो काम (फोटो फिचर)

काभ्रे च्यासिङखर्कका युवाहरुको लोभलाग्दो काम (फोटो फिचर)


धुलिखेल, ३० भदौः काभ्रेको च्यासिङखर्कका युवाहरुले गाउँमा लोभलाग्दो काम गरेका छन् । केएमसी सिर्जनशील युवा क्लबमा आबद्ध ती युवाहरुले गाउँका सार्वजनिक सम्पदाहरुको सरसफाई गरेर उदारणीय काम गरेका हुन् ।

गाउँमा भएका सबै सार्वजनिक सम्पदाहरुको सरसफाई गर्ने अभियान अन्तर्गत चार वटा क्षेत्रको सरसफाई सकिसकेको क्लबका सचिव अर्जुन बिकले जानकारी दिनुभयो । युवाहरुले कपेर निमा, स्वास्थ्यचौकी, वडा भवन र खेलमैदानको सरसफाई गरिसकेका छन् । ‘पहिलो चरणमा हामी मठमन्दिर, विद्यालय, स्वास्थ्यसंस्थाको सरसरसफाई सकाउँछाै, सचिव बिकले भने ‘त्यसपछि बजार क्षेत्रको सरसफाई र फोहोर ब्यवस्थापनको काम गर्ने अठोट लिएका छौँ ।’

हरेक शनिबार क्लबमा आबद्ध युवाहरु भेला हुन्छन् । सरसफाईमा जुट्छन् । सुरु सुरुमा युवाहरुले काम पाएनन् कि क्या हो भन्थे । तर अहिले फुर्सद भएका गाउँका महिला तथा क्लाबमा आबद्ध नभएकाहरु प्नि सरसफाईमा सहभागि हुन् थालेका छन् । क्लबमा ११ जना सदस्य छन् । सरसफाईमा अहिले कम्तिमा १५ जना देखि २५ जनासम्म सहभागि हुने गरेका छन् ।

युवाहरु १ घण्टा, दुई घण्टा मात्रै सरसफाईमा खटिने होइनन् । जुन ठाउँमा सरसफाई गर्न पुग्छन्, त्यो नसकिएसम्म समय दिने गरेका छन् । ‘प्रायः जसो बिहान ११ बजे भेला हुन्छौँ, साझ ५ बजेसम्म पनि खटिन्छौँ, सचिव बिकले भने ‘हामी सबै सम्मान हिसाबले काममा खटिन्छौँ ।’ युवाहरुले गाउँमा सरसफाई अभियान सुरु गरेपछि स्थानीयहरु पनि खुशी भएका छन् ।

फालेको बोतल र प्लाष्टिकबाट कलात्मक वस्तु
युवाहरुले सरसफाई गर्ने क्रममा मिनिलवाटरको बोतल र प्लाष्टिक जम्मा गरेर राख्ने गरेका छन् । यसरी जम्मा गरिएको बोतल र प्लाष्टिकबाट कलात्मक वस्तु बनाउने उनीहरुको योजना छन् । कलात्मक सामग्री बनाउने तालिम पनि युवाहरुले लिइसकेका छन् ।

युवाहरुको अभियानलाई वडा सदस्य सुकलाल भ्लोन (सुकु) ले साथ दिइरहनुभएको छ । ‘बिकास निर्माणको काममा सबैको साथ र आवश्यकता छन्, युवाहरुको यस्तो अभियानले म प्रभावित भएको छु वडासदस्य भ्लोनले भन्नुभयो वडा कार्यालयले यस्तो अभियानलाई सहयोग र साथ दिने छ ।’

प्रकाशित मिति : २०७७, ३० भाद्र मंगलबार  ९ : २३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले