२०८३, ११ बैशाख शनिबार

काभ्रेमा लास जलाएको ३ दिनपछि कोरोना पुष्टि, कसरी भयाे यस्ताे ?

काभ्रेमा लास जलाएको ३ दिनपछि कोरोना पुष्टि, कसरी भयाे यस्ताे ?


धुलिखेल, २९ भदौँः काभ्रेमा मृत्यु भएको ३ दिनपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । भुम्लु गाउँपालिका वडा नम्बर ८ का ७० बर्षीय बृद्धाको मृत्यु भएको ३ दिनपछि कोरोना पुष्टि भएको हो ।

२५ गते बिहान शीर ममोरियल अस्पतालमा ती बृद्धाको मृत्यु भएको थियो । २४ गते राति अस्पताल भर्ना भएको प्रवक्ता डाक्टर अरुण गुप्ताले जानाकारी दिनुभयो । ‘मृतक महिलाको दुबै फोक्सोमा निमोनिया र मुटु जस्ता रोगबाट ग्रसित हुनुहुन्थ्यो, उपचार गर्दा गर्दै बिहीबार बिहान मृत्युभयो, डाक्टर गुप्ताले भन्नुभयो ‘मृत्यु भइसकेपछि हामीले स्वाब लिएका हौँ, ड्यूटीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि पनि यस्तो गर्ने गरिएको छ ।’

स्वाब लिएर रिपोर्ट नआउँदै आफन्तलाई शब बुझाएको भन्दै अस्पतालको आलोचना भइरहेको छ । तर डाक्टर गुप्ताले भने आफुहरुले आफन्तलाई जबजस्ती शब नबुझाएको दाबी गरे । ‘हामीले मृत्युको सबै कारण आफन्तलाई भनेका हौँ, स्वाब लिएका छौँ, रिपोर्ट आउन केहि समय लाग्छ भनेर राम्रोसँग सम्झाएका हौँ, उहाँहरुले पीसीआर रिपोर्टसँग कुनै मतलब छैन् भन्नुभयो डाक्टर गुप्ताले भन्नुभयो ‘थोरै संख्यामा घाटमा जान्छौँ, जलाउँछौँ भन्नुभयो ।’

अस्पतालमा राती र बिहान सबेरै स्वाब संकलन गर्ने ब्यवस्था नरहेको प्रवक्ता गुप्ताले बताउनुभयो । ‘सामान्य तय दिउँसो ११/१२ बजेपछि मात्रै स्वाब संकलन हुन्छ, उहाँको बिहानै मृत्युभयो । अस्पतालले लासलाई आफन्तको जर्बजस्ती जिम्मा भने लगाएको होइन् ।’

शीर मेमोरियल अस्पताल ल्याउने अघि बृद्धालाई दोलालघाटको एक मेडिकलमा चेकजाँच गरेको मृतकका छोराले बताउनुभयो । ‘हामीले अस्पताललाई राम्रोसँग उपचार गरिदिनुस्, हाम्रो गाउँमा कोरोना संक्रमित कोहि मान्छे यसअघि थिएनन्, आमालाई कोरोना परीक्षण भन्दा पनि अन्य रोग के हो त्यो पत्ता लगाउन भन्यौँ, मृतकका जेठा छाेरा कुमार माझीले भन्नुभयाे ‘तर आमा बित्नुभयो, हामीले पार्थिव शरिर लगेर दाहसंस्कार गर्याै, अहिलेसम्म अस्पतालले केहि खबर पनि गरेको छैन् ।’

वडाध्यक्ष मोतिलाल तामाङले खबर पाउन साथ मृतकका घरपरिवारलाई स्वास्थ्य सुरक्षाका थप सावधानी अपनाउन आग्रह गरिएको बताउनुभयो । ‘म त निकै चकित परे, लास जनाएको ३ दिनपछि कोरोना भाइरस रहेको खबर पाए, वडाध्याक्ष तामाङले भन्नुभयो नहुनु भइसक्यो अब थप सजग हुन मृतकका घरपरिवार, आफन्तलाई खबर गरिसकेको छु ।’

प्रकाशित मिति : २०७७, २९ भाद्र सोमबार  ६ : ३१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले