धुलिखेल, २६ भदौँः हुन पछिल्लो समय नेपाली समाजमा अचम्म लाग्ने घटना पर्याप्त बाहिर आएका छन् । त्यस्तै अचम्म तर यथार्थ घटना बिहीबार राति धुलिखेल २८ किलोमा गोली चलेपछि बाहिरीएको छ । पैसा कमाउनकै लागि यतिसम्म मान्छे गिर्छन भन्ने कुरा २८ किलो घटनाले छर्लङ पारिदिएको छ । उमेर कलिलै । शरीर तन्दुरुत । तर मानसिकता अपराध युक्त भएपछि के नै लाग्छ र ।
के भएको थियो
२४ गते दिउँसो ३ बजेतिर काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १२ देवभुमी घर भएका २३ बर्षीय राजकुमार दनुवारलाई धुलिखेल नगरपालिका वडा नम्बर ४ स्थित २८ किलोका ४, ५ जनाको समूहले अपहरण गरेको सूचना काभ्रे प्रहरीले २४ गते राति ८ बजे पाउँछ । प्रहरीले पाएको सूचनामा दनुवारलाई बन्धक बनाएर ५० हजार नगर मागेको उल्लेख थियो ।
सूचना पाउनसाथ जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गर्यो । दनुवारलाई बन्धक बनाएको घर पत्ता लगाउन प्रहरीले साढे ३ घण्टा खर्च गर्यो । अर्थात २४ गते राति ९ बजेर ३० मिनेटमा प्रहरीले राजकुमार दनुवारलाई बनेपा नगरपालिका वडा नम्बर १० बुडोलबाट सकुशल उद्दार गर्यो ।
साथै प्रहरीले दनुवारलाई बन्धब बनाउने मध्येका ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नम्बर १२ तिनघरे घर भइ हाल २८ किलोमा डेरागरी बस्ने १९ बर्षीय आकाश परियार र आकाशकी श्रीमति तेमाल गाउँपालिका वडा नम्बर ७ माईती भएकी आकाशकी श्रीमती २१ बर्षीय सविना तामाङलाई प्रहरीले राती नै नियन्त्रणमा लियो ।
बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलालगणेशस्थान घर भई हाल २८ किलोमै बस्ने उमा परियारलाई भने शुक्रबार (आज) पक्राउ गरेको हो । उमाका श्रीमान भने फरार छन् ।
धन्दा पुरानो तर ब्यक्ति फरक
उनीहरुको धन्दा पुरानै भएको पाइएको छ । दनुवारसँग केहिदिन अघि देखि मात्रै सामाजिक सञ्जालमा चिनजान भएको थियो । श्रीमानकै सल्लाहमा सबिना र उमाले पुरुषहरुलाई यस्तै जालमा पर्ने गरेको खुलेको छ । कुराकानी गर्दै जादाँ शारीरिक सम्पर्क गर्नेसम्मको संवाद भएको पाइएको छ ।
उमा र सबिनाको प्रस्ताव दनुवारले पनि स्वीकार गर्छन् । यो लकडाउनका अवस्थामा पनि उनी पाँचखालदेखि धुलिखेलसम्म आइपुगे । शारिरीक सम्पर्कसँगै सबिनाले दनुवारसँग पैसाको पनि बार्गेनिङ गरेको पाइएको छ । त्यसमा पनि दनुवार सहमत भए । केहि पैसा पछि दिन बताए ।
पक्राउ परेका सबैलाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १७ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी सकूरमा जिल्ला अदातलबाट म्याद थप गरी अनुसन्धानलाई अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानमा आकाशकी श्रीमती सबिनाले दनुवारलाई फोन सम्पर्क गरी भेटन बोलाएको पाइएको छ । सबिना र उमाले दनुवारलार्य २८ किलोमा भेट गरी सबिनाले दनुवारलाई जंगल तर्फ लगेको पाइएको छ ।
जंगलको एकान्त स्थानमा पुगेर सबिना र दनुवारबीच कुराकानी गरी बसिरहेका बेला सबिनाका श्रीमान आशका लगायतका अन्य ब्यक्तिले दनुवारलाई नियन्त्रणमा लिएर बन्धक बनाएर घटना मिलाउन ५० हजार माग गरेको पाइएको छ ।
बन्धक बनाएको घरमा प्रहरी पुगेपछि सबिनाको समूहले चोर आयो भन्दै गाउँलेलाई भड्काएका थिए । त्यो क्रममा प्रहरीले गोली समेत चलाएको थियो । प्रहरीले दनुवारलाई भने उद्दारको नाममा छोडेको छ । स्थानीयले भने दनुवार समेत दोषि रहेको भन्दै उनलाई पनि कानुन बमोजिम कारबाही गरिनु पर्ने माग गरेका छन् ।








प्रतिक्रिया