धुलिखेल, २० भदौँः काभ्रेको सहर उन्मुख स्थानीय तहहरुलाई कोरोना संक्रमितको ब्यवस्थापन हम्मेहम्मे परिरहेको बेला सातवाट स्थानीय तहमा भने अहिले एक जना पनि संक्रमित देखिएका छैनन् । जिल्लामा १३ स्थानीय तह छन् ।
६ वटा नगरपालिका मध्ये मण्डनदेउपुर नगरपालिका बाहेक अन्य नगरपालिकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । मण्डनदेउपुरमा एकजना पनि कोरोना संक्रमित नरहेको स्वास्थ्य कार्यालय काभ्रेको तथ्याङ्कले देखाएको छ । ७ वटा गाउँपालिका मध्ये भुम्लु गाउँपालिकामा मात्रै संक्रमित छन् । भुम्लुमा महिला र पुरुष १÷१ संक्रमित छन् ।
सबैभन्दा बढी बनेपा नगरपालिकाले कोरोना संक्रमितको सामाना गरिरहेको छ । बनेपामा ५८ जना महिला र ८४ जना पुरुष गरी १४२ कोरोना संक्रमित छन् । धुलिखेल नगरपालिकामा १३ महिला र १७ पुरुष गरी ३० जना संक्रमित रहेका छन् । पनौती नगरपालिकामा १ जना महिला र ३ जना पुरुष संक्रमित छन् । पाँचखाल नगरपालिकामा ३ जना महिला र २ पुरुष गरी संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
काभ्रेमा शनिबार थपिएका १७ सहित कोरोना संक्रमितको संख्या ३१६ जना पुगेको छ । १९५ जना पुरुष र १२१ जना महिला संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख, नरेन्द्र कुमार झाले बताउनुभयो । हालसम्म ११७ जना निको भएका छन् । ७९ जना पुरुष र ३८ जना महिला निको भएका हुन् ।
जिल्लामा ११५ जना पुरुष र ८२ जना संक्रिय संक्रमित रहेका छन् । उनीहरुमा लक्षण सहितको कोरोना देखिएको हो । जिल्लामा १५६ जना अस्पतालको आइसोलेसनमा रहेका छन् । ४१ जना संक्रमित आफ्नै घरको आइसोलेसनमा रहेका छन् । जिल्लामा एक जना महिला र एक जना पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।








प्रतिक्रिया