२०८३, ९ कार्तिक सोमबार

काभ्रेको खानीखोला गाउँपालिकाका जनप्रतिनिधि प्रति दुर्व्यहार !

काभ्रेको खानीखोला गाउँपालिकाका जनप्रतिनिधि प्रति दुर्व्यहार !


धुलिखेल, १५ भदौँः काभ्रेको खानीखोला गाउँपालिकाका जनप्रतिनिधिमाथि दुब्र्यहार भएको छ । स्थानीय युवाहरुले जनप्रतिनिधि माथि दुर्व्यहार गरेका हुन् । सचेत युवा समूह नामक दिएर प्रविण तिमल्सिना, खड्ग बहादुर विक, केशब बन्जारा, विवेक वाईबा, कुशन बल, रोशन मोत्ते, युकेश बल र रमेश तिमल्सिनाको समूहले जनप्रतिधि मार्फत दुर्व्यहार गरेको गाउँपालिकाले जनाएको छ ।

यी युवाहरुको समूहले वडा नम्बर ६ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता मान बहादुर गोले सहित कर्मचारीलाई कोठाभित्र राखेर तालाबन्दी गरिदिएको बताइएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद अधिकारीले आज जारी गर्दै जनप्रतिनिधि र कर्मचारीमाथि अमानविय र अमर्यादित कार्य गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

गाउँपालिकाले युवाहरुलाई अराजक समूह भएको भन्दै उनीहरुले पालिकालाई लगाएको आरोपमा कुनै सत्यता नरहेको विज्ञप्तिमा भएको छ । युवाहरुले पालिकाका विभिन्न ठाउँमा भ्रम फैलाइरहेको समेत विज्ञप्तिमा भनिएको छ । पालिकाका अनुसार प्रविण तिमल्सिनाले पटक पटक सामाजिक सञ्जालमा कर्मचारीप्रति घोचपेच गर्दै भ्रामक प्रचार गर्दै आएको दाबी गरेको छ ।

ती युवाहरुले जनप्रतिनिधि र कर्मचारी प्रति असन्तुष्टि जनाउँदै अपिल पत्र बुझाएका थिए । युवाहरुले अपिल पत्रमा कर्मचारीलाई महिनौँ कार्यालय बन्द गर्ने, वर्षे बिदा बसेजस्तै गर्ने, जन्ति जस्तै लस्कर आउने र समुदायमा कोभिड १९ फैलाउने काम गरेको आरोप लगाएका छन् ।

गाउँपालिकाले कोरोना भाइरसबाट जोगिन भौतिक दुरी कायम गरि बस्नुपर्ने भएकाले केहि कर्मचारी गाउँपालिका, केहि वडा कार्यालयमा, अनलाईन सेवा मार्फत अनलाईन सेवा दिएको र जनतालाई दुःख नदिएको दाबी गरेको छ । २०७६ साल चैत ११ गतेदेखि जारी लकडाउनका कारण सम्पूर्ण कार्यालय बन्द भई अति आवश्यक काम मात्र भएको र कर्मचारीलाई सार्वजनिक बिदा दिएको अवस्थामा समेत कर्मचारी तथा जनप्रतिनिधि गाउँपालिकामा आई विकास निर्माण तथा प्रशासनिक काम निरन्तर भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०७७, १५ भाद्र सोमबार  ७ : २० बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि