धुलिखेल, १२ भदौः काभ्रेमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दैँछ । कोरोनालाई जितेर घर फर्किनेको संख्या बढ्दो क्रममा नै छ । तर जिल्लाको अहिलेसम्मको संक्रमितको अवस्था हेर्ने हो भने कोरोना संक्रमण नियन्त्रणका लागि सबैभन्दा अग्रपक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी नै बढी प्रभावित बनेका छन् ।
स्वास्थ्य कार्यालय काभ्रेको उपलब्ध गराएको हालसम्मको तथ्याङ्क हेर्ने हो भने लगभग एकतिहाई संक्रमित स्वास्थ्य क्षेत्रका रहेका छन् । हालसम्म् ५१ जना चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्थामा खटिने कर्मचरी संकमित भएको स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म १ सय ९० जना कोरोना संक्रमित छन् । ६९ जना निको भएर घर फर्किएका छन् । दुई जनाको मृत्यु भइसकेकाे छ ।
कोरोना भाइरसबाट संक्रमित हुने स्वास्थ्य संस्थामा सबैभन्दा बढी धुलिखेल अस्पताल प्रताडित भइरहेको छ । धुलिखेल अस्पतालका मात्रै ३० जना संक्रमित छन् । जसमा डाक्टर, नर्स, ल्याब, वार्ड, सरसफाईमा खटिने कर्मचारी समेत छन् । पहिलो घेरामा बसेर संक्रमितको हेरचाहा गर्ने स्वास्थ्य क्षेत्रका कर्मचारी नै संक्रमित हुन थालेपछि अवस्थ झनै जटिल बनेको छ ।
काभ्रेमा असार २ गते पहिलो पटक संक्रमित फेला परेको थियो । हालसम्म २५ जना विदेशबाट फर्किएका काभ्रेलीमा कोरोना पुष्टि भइसकेको छ । बाँकी समुदाय स्तरका नागरिक छन् । संक्रमण एकठाउँबाट अर्को ठाउँ नगोस् भन्नका लागि भिडभाडमा जाने, नगर्ने नै हो । तर पछिल्लो समय लकडाउन खुकुलो भएसँगै मानिसले कोरोना भाइरसको संक्रमणपछि कम भएको बुझे र पहिलेकै अवस्थामा फर्किन खोज्दा अवस्था भयवह बनेको हो ।
त्यस्तै घर बाहिर जान्दा अनिवार्य मास्क, लगाउने साबुन पानीले कम्ति २० सेकेण्डसम्म मिचिमिचि कुनै पनि सरसमान समात्ने वित्तिकै धुने गर्नुपर्ने हो । तर अझै पनि मास्कलाई मानिसहरुले अत्यावश्वक सूचीमा राखेका छैनन् ।








प्रतिक्रिया