२०८३, ९ कार्तिक सोमबार

काभ्रेमा कोरोना संक्रमितको हेरचाहामा खटिएका स्वास्थ्यकर्मी नै सबैभन्दा बढी प्रभावित

काभ्रेमा कोरोना संक्रमितको हेरचाहामा खटिएका स्वास्थ्यकर्मी नै सबैभन्दा बढी प्रभावित


धुलिखेल, १२ भदौः काभ्रेमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दैँछ । कोरोनालाई जितेर घर फर्किनेको संख्या बढ्दो क्रममा नै छ । तर जिल्लाको अहिलेसम्मको संक्रमितको अवस्था हेर्ने हो भने कोरोना संक्रमण नियन्त्रणका लागि सबैभन्दा अग्रपक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी नै बढी प्रभावित बनेका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेको उपलब्ध गराएको हालसम्मको तथ्याङ्क हेर्ने हो भने लगभग एकतिहाई संक्रमित स्वास्थ्य क्षेत्रका रहेका छन् । हालसम्म् ५१ जना चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्थामा खटिने कर्मचरी संकमित भएको स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म १ सय ९० जना कोरोना संक्रमित छन् । ६९ जना निको भएर घर फर्किएका छन् । दुई जनाको मृत्यु भइसकेकाे छ ।

कोरोना भाइरसबाट संक्रमित हुने स्वास्थ्य संस्थामा सबैभन्दा बढी धुलिखेल अस्पताल प्रताडित भइरहेको छ । धुलिखेल अस्पतालका मात्रै ३० जना संक्रमित छन् । जसमा डाक्टर, नर्स, ल्याब, वार्ड, सरसफाईमा खटिने कर्मचारी समेत छन् । पहिलो घेरामा बसेर संक्रमितको हेरचाहा गर्ने स्वास्थ्य क्षेत्रका कर्मचारी नै संक्रमित हुन थालेपछि अवस्थ झनै जटिल बनेको छ ।

काभ्रेमा असार २ गते पहिलो पटक संक्रमित फेला परेको थियो । हालसम्म २५ जना विदेशबाट फर्किएका काभ्रेलीमा कोरोना पुष्टि भइसकेको छ । बाँकी समुदाय स्तरका नागरिक छन् । संक्रमण एकठाउँबाट अर्को ठाउँ नगोस् भन्नका लागि भिडभाडमा जाने, नगर्ने नै हो । तर पछिल्लो समय लकडाउन खुकुलो भएसँगै मानिसले कोरोना भाइरसको संक्रमणपछि कम भएको बुझे र पहिलेकै अवस्थामा फर्किन खोज्दा अवस्था भयवह बनेको हो ।

त्यस्तै घर बाहिर जान्दा अनिवार्य मास्क, लगाउने साबुन पानीले कम्ति २० सेकेण्डसम्म मिचिमिचि कुनै पनि सरसमान समात्ने वित्तिकै धुने गर्नुपर्ने हो । तर अझै पनि मास्कलाई मानिसहरुले अत्यावश्वक सूचीमा राखेका छैनन् ।

प्रकाशित मिति : २०७७, १२ भाद्र शुक्रबार  ९ : ०१ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि