धुलिखेल, ७ भदाैः काभ्रेको बेथानचोक गाउँपालिकाको शिक्षामा चरम बेथिति देखिएको छ । गाउँ कार्यपालिकाले बनाएको कार्यबिधी पालिकाभित्र धमाधम मिच्ने काम भइरहेको स्थानीयले बताएका छन् ।
केहिदिन अघि कपेर आधारभुत विद्यालयमा शिक्षक श्याम बहादुर लामालाई सरुवा गरेपछि जनस्तरसम्म असन्तुष्टि बढेको छ । ढुङ्खर्क स्थित पार्बती उच्च माध्यामिक विद्यालयमा कार्यरत प्रावि शिक्षक लामालाई वेथानचोक गाउँपालिका वडा नम्बर ५ च्यासिङ्खर्कमा रहेको कपेर आधारभुत विद्यालयमा सरुवा गरेको थियो । पावर्ती माविका प्रधानाध्यपक गोविन्द शर्मासँग विवाद भएपछि शिक्षक लामालाई कपेरमा सरुवा गरिएको बताइएको छ । कपेरले विषयगत शिक्षकको आवश्वकता रहेको भन्दै प्रावि दरबन्दीमा आएका शिक्षकलाई हाजिर गराउन नसक्ने निर्णय गरेको छ ।

विद्यालय ब्यवस्थापन समितिसँग कुनै समन्वय नगरी गाउँपालिकाको शिक्षा शाखाले बोर्डको निर्णय भन्दै पत्रचार गरि हाजिर गराउन दबाब दिएपछि ब्यबस्थापन समिति सहित अभिभावक थप आक्रोशित भएका छन् । लामा सरुवा भएर गएको कपेर आवि ब्यवस्थापन समितिले साउन २५ गते बैठक बसेर गाउँपालिकाको निर्णय विरुद्ध हाजिर गर्न नसक्ने निर्णय गरेको छ ।
विद्यालय ब्यवस्थापन समितिले शिक्षक श्याम लामा २०५३ साल देखि २०६५ सालसम्म कपेरको प्राध्यापक रहेको ब्यापक अनियमितता गरेको दाबी गरेको छ । समितिले आफ्नाे निर्णयमा लामाले करिब १२ बर्षको प्रधानाध्यपक कार्यकालमा थुप्रै त्रुटीपुर्ण काम गरेको, १२ वर्षसम्म बिद्यालय अडिट नभएको, १२ वर्ष सम्मको आर्थिक पारदर्शी नभएको, दलितको नाममा आएको छात्रवृत्ति अनियमित गरेको, बिद्यालय प्रशासन अस्तब्यस्ता बनाएको जस्ता आरोप लगाएको छ । शिक्षक लामाले २०५० साल पुसबाट कपेर आविबाट सेवा सुरु गरेका थिए । शिक्षक लामालाई २०६५ सालमा ब्यबस्थापन समितिले प्रनाध्यापक पदबाट हटाउने निर्णय गरेको थियो ।

शिक्षक लामाले यसअघि पनि विद्यालयको विभिन्न काममा किर्ते गर्दै आर्थिक अपचलनको क्रियाकपलामा सहभागि रहेको भन्दै कपेर आधारभूत विद्यालयले हाजिर गर्न नसक्ने निर्णय गरेको छ । बेथानचोक गाउँपालिकाले मिति २०७७ असार २६ गतेको निर्णय भन्दै असार ३० गते दरबन्दी सहित शिक्षक लामा कपेर आधारभुत विद्यालयमा पुगेपछि अभिभावकहरु रुष्ट बनेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रहर बहादुर लामाले बताउनुभयो ।









प्रतिक्रिया