२०८३, ९ कार्तिक सोमबार

काभ्रेमा एकैदिन ३५ जना कोरोना संक्रमित थपिए

काभ्रेमा एकैदिन ३५ जना कोरोना संक्रमित थपिए


धुलिखेल, ६ भदौँः काभ्रेमा आज एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा स्पाइनल एन्जरी अस्पताल भैसेपाटीका २३ जना रहेका छन् ।

स्पाईनल इन्जुरी अस्पतालमा स्वास्थ्यकर्मी, कर्मचारी र विरामी संक्रमित भएका हुन् । त्यस्तै धुलिखेल अस्पतालका १२ जना चिकित्सक र कर्मचारी छन् । याे सँगै जिल्लामा काेराेना संक्रमितकाे संख्या १३९ पुगेकाे छ । काेराेना संक्रमणका कारण दुइ जनाकाे मृत्यु भएकाे छ ।

जिल्लामा आइसोलेसन वेडको संख्या एक सय पुगेको छ । जिल्ला कमाण्डका अनुसार बनेपा नगरपालिकाले ५० वेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । यसअघि ५० वेडको आइसोलेसनमा सञ्चालनमा थियो ।

धुलिखेल नगरपालिकामा ३१, पाँचखालमा ७, नमोबुद्धमा ६ र पनौतीमा ६ वेडको आइसोलेसन वेड रहेको छ । जिल्लामा क्वारेन्टाइन वेड संख्या भने ८ सय ४५ रहेको छ ।

प्रकाशित मिति : २०७७, ६ भाद्र शनिबार  ७ : ०० बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि