धुलिखेल, ६ भदौँः काभ्रेमा आज एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा स्पाइनल एन्जरी अस्पताल भैसेपाटीका २३ जना रहेका छन् ।
स्पाईनल इन्जुरी अस्पतालमा स्वास्थ्यकर्मी, कर्मचारी र विरामी संक्रमित भएका हुन् । त्यस्तै धुलिखेल अस्पतालका १२ जना चिकित्सक र कर्मचारी छन् । याे सँगै जिल्लामा काेराेना संक्रमितकाे संख्या १३९ पुगेकाे छ । काेराेना संक्रमणका कारण दुइ जनाकाे मृत्यु भएकाे छ ।
जिल्लामा आइसोलेसन वेडको संख्या एक सय पुगेको छ । जिल्ला कमाण्डका अनुसार बनेपा नगरपालिकाले ५० वेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । यसअघि ५० वेडको आइसोलेसनमा सञ्चालनमा थियो ।
धुलिखेल नगरपालिकामा ३१, पाँचखालमा ७, नमोबुद्धमा ६ र पनौतीमा ६ वेडको आइसोलेसन वेड रहेको छ । जिल्लामा क्वारेन्टाइन वेड संख्या भने ८ सय ४५ रहेको छ ।








प्रतिक्रिया