२०८३, ९ कार्तिक सोमबार

धुलिखेलका कोरोना संक्रमित बृद्धको मृत्यु

धुलिखेलका कोरोना संक्रमित बृद्धको मृत्यु


धुलिखेल, २ भदौः धुलिखेलका कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचार गराइरहनुभएका धुलिखेल वडा नम्बर ७ का बृद्धको मृत्यु भएको हो ।

९८ बर्षीय बृद्धको अस्पतालमा मृत्यु भएको वडा नम्बर ७ का वडाध्यक्ष रोमी प्रसाद ब्याञ्जु जानकारी दिनुभयो । पिसाब बन्द भएपछि उपचारका लागि धुलिखेल अस्पताल पुग्नुभएको बृद्धमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्लाज्मा थेरापी विधि मार्फत उपचार गर्ने तयारी भइरहेका बेला बृद्धको मृत्यु भएको हो ।

मृतक साउन २६ गते धुलिखेल अस्पताल भर्ना हुनुभएकाे थियाे । वृद्धको रोग प्रतिरोधक क्षमता कमजोर बताइएकाे छ । रोग प्रतिरोधक क्षमता कमजोर रहेकाहरूको लागि तत्काल प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने डाक्टरको सुझाव थियो। तर, आवश्यक पर्ने रगत अभावका कारण उनको समयमै उपचार हुन नसकेको बताइएकाे छ ।

बाहिर नजाने गरेका उनीसँग छोराबुहारी रेखदेख र सम्पर्कमा थिए। ती दुवै जनाको पिसिआर पोजेटिभ देखिएको छ। दुवै बानेश्वरको घरमै आइसोलेसनमा बसेका छन्। यी वृद्धको परिवारमा १२ जना छन्। तीमध्ये दुई जना संक्रमित देखिएका छन्। ९ जनाको पिसिआर नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट आइनसकेको बताइएकाे छ ।

योसँगै काभ्रेमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि पाँचखाल नगरपालिका वडा नम्बर १ का ५० बर्षीय एक महिलाको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । जिल्लामा काेराेना संक्रमितकाे संख्या ८० पुगेकाे छ ।

प्रकाशित मिति : २०७७, २ भाद्र मंगलबार  ७ : ४३ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि