२०८३, ११ बैशाख शनिबार

साँगामा जनयुद्धकालिन झल्को !

साँगामा जनयुद्धकालिन झल्को !


धुलिखेल, १३ साउनः तत्कालिन माओवादीले सञ्चालन गरेको युद्ध चरमउत्कर्षमा पुग्दै गर्दा राजधानी प्रवेश गर्न जति सास्ती खेप्नु पथ्र्यो । अहिले ठीक त्यसैको झल्को दिने गरी साँगा नाकामा यात्रुले सास्ती ब्यहोर्न बाध्य भएका छन् ।

युद्धका बेला नलिनञ्चोकमा तत्कालिन शाही नेपाली सेनाले चेकजाँच गथ्र्यो । सवारी साधन रोकिन्थे । यात्रुहरु ओर्लिएर केहि समय हिड्थे । शंका लागेकालाई सेनाले तत्काल नियन्त्रणमा लिन्थ्यो । अहिले मुलुकमा युद्धको बेला त होइन । तर हामी कोरोना भाइरसका कारण मानव सभ्यतासँगकै लडाइमा छाैँ ।

१ सय २० दिन लामो लकडाउन खुकुलो भयो । जिल्लाभित्र सवारी साधन चल्न पाउने सरकारले निर्णय गर्यो । यातायात ब्यवसायीले ग्यारेजमा थन्क्याएको सवारी साधन निकाले । सडकमा सवारी गुड्न थाले । आम सर्वसाधरणले केहि राहत महशुस गरे । तर साँगामा अहिले न स्वास्थ्य जाँच हुन्छ, न त कोरोना भाइरसबाट बच्ने कुनै उपायनै सिकाइन्छ । तर पनि नलिनञ्चोक देखि यात्रुलाई काभ्रेको साँगासम्म हिड्न बाध्य पारिएको छ । महिला, बालबालिका, बृद्धबृद्धाले अनावश्यक हैरानी ब्यहोरेका छन् ।

उनीहरुको पक्षमा बोलीदेखि कोहि छैनन् । उनीहरु बिद्रोह पनि गर्न सक्दैन् । कुम्लो, कुटोरो बोकेर १/२ किलो मिटर हिडेर अर्को गाडी चढ्न पुग्छन् । युद्घकाे बेला त यसरी सामान बाेकेर हिड्नु पर्ने थिएन । निजी गाडी र साना सावरी साधन मार्फत भने यात्रुहरु निर्वाध रुपमा राजधानी प्रवेश गरिरहेका छन् । तर सार्वजनिक बस चढ्ने यात्रु भने हिडाइमा पर्छन् । उनीहरुको मनले रोच्दो हो । देश त हुने खानेको मात्रै रहेछ !

राजधानी प्रवेश गर्ने सबैभन्दा ठूलो पूर्वी नाका काभ्रेको साँगामा यात्रुहरुले अनावश्यक रुपमा खेपेको सास्ती हटाउन ठोस पहल कतैबाट पनि भएको छैन । जसरी लकडाउन भएपछि आम सर्वसाधरणले राजधानीबाट आफ्नो पुख्र्यौली घर जान सास्ती खेपे । ठीक अहिले लकडाउन खुकुलो भएपछि राजधानी प्रवेश गर्न त्यसैलाई मेखो मार्ने गरी सास्ती ब्यहोरी रहेका छन् ।

प्रकाशित मिति : २०७७, १३ श्रावण मंगलबार  ८ : ३८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले