२०८३, ९ कार्तिक सोमबार

काभ्रे भुम्लुका एकजना पुरुषमा कोरोना संक्रमण

काभ्रे भुम्लुका एकजना पुरुषमा कोरोना संक्रमण


धुलिखेल, ११ साउनः काभ्रेको भुम्लु गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालिकाकाे वडा नम्बर ८ का ३२ बर्षीयमा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य संयाेजक सुदर्शन भट्टराइले जानकारी दिनुभयाे ।

संक्रमित ती पुरुषलाई धुलिखेल अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमित पुरुष साउदीबाट आइपुग्नुभएको हो । संक्रमण पुष्टि भएको ब्यक्ति साउन ३ गतेदेखि पालिकाको क्वारेन्टाइनमा बस्दै आइरहनुभएको थियो ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । त्यसमध्ये २५ जना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो । अन्य दुई जनाको भने आइसोलसनमा राखेर उपचार भइरहेको छ ।

धुलिखेल अस्पतालमा काभ्रे जिल्लाका १३ वाटै स्थानीय तहका गरी हालसम्म ८ हजार ९ सय ५३ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको छ । जेठ २३ गतेदेखि यता हालसम्म भारत बाहेकका तेस्रो मुकुलबाट जिल्लाका ३ सय २९ जना आइपुगेका छन् ।

प्रकाशित मिति : २०७७, ११ श्रावण आईतबार  ४ : ३२ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि