२०८२, ५ फाल्गुन मंगलबार

ओलीलाई प्रचण्ड र नेपालले भने ‘राजिनामा नदिए कुनै सहमति हुदैँन’

ओलीलाई प्रचण्ड र नेपालले भने ‘राजिनामा नदिए कुनै सहमति हुदैँन’


काठमाडौं, १ साउन: शुक्रबारलाई निर्धारित स्थायी कमिटी बैठक नरोक्ने सहमति गर्दै नेकपाका शीर्ष नेताहरुको छलफल बिना निष्कर्ष टुंगिएको छ । करीव तीन घण्टासम्म अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरुबीच भएको छलफलमा मुख्य विषयमा सहमति भएन ।

नेताहरुबीचको छलफल ठोस निष्कर्षमा नपुगेको वार्तामा सहभागी महासचिव विष्णु पौडेलले बताए । छलफल सकारात्मक रहेको र शुक्रबारको बैठक नरोकिने उनले जानकारी दिए । सो छलफलमा स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

दुई अध्यक्षबीचको चरणबद्ध छलफल निष्कर्षमा पुग्न नसकेपछि आज माधव नेपालसहित वार्ता भएको हो । प्रचण्ड र माधव नेपाल दुवैजनाले प्रधानमन्त्रीलाई राजिनामा दिन आग्रह गरेका छन् भने ओलीले राजिनामा नदिन अडान कायमै राखेका छन् । त्यसैले तीन नेता सहितको छलफल सहमतिबिना टुंगिएको हो ।

बालुवाटारमा ओलीसँग वार्ता गर्न जानुअघि अध्यक्ष प्रचण्डले खुमलटारमा बहुमत सचिवालय सदस्यहरुलाई बोलाएर छलफल गरेका थिए । ओली समझदारीमा नआए शक्रबारको बैठक के गर्ने भन्नेबारे सो बैठकमा कुरा उठेको थियो । झलनाथ खनाललगायतका नेताले अब बैठक नरोक्न र ओली सहमतिमा नआए पार्टीले निर्णय गरेर अघि बढ्नुपर्ने धारणा राखेको बताइएको छ ।

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार  ६ : २५ बजे

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १