२०८३, १५ बैशाख बुधबार

धुलिखेलका स्वास्थ्यकर्मीहरुको आरोप ‘जोखिम भत्ता वितरणमा मनलाग्दी भयो’

धुलिखेलका स्वास्थ्यकर्मीहरुको आरोप ‘जोखिम भत्ता वितरणमा मनलाग्दी भयो’


धुलिखेल, ३१ असारः धुलिखेल नगरपालिकाभित्रका स्वास्थ्यकर्मीको एउटा समूहले जोखिम भत्ता वितरणमा मनलाग्दी भएको भन्दै असन्तुष्टि जनाएका छन् । नगरकार्यपालिका बैठकको निर्णय विपरित भत्ता वितरण गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

कार्यपालिका बैठकले कोरोना भाइरस महाभारी रोगको रोकथामका लागि नगरपालिकाको विभिन्न सेवा केन्द्र, क्वारेन्टीन तथा फिल्डमा खटिने स्वास्थ्यकर्मी र नगरपालिकाबाट तोकिएका कर्मचारीहरुलाई जोखिम भत्ता दिने निर्णय भएको थियो । बैठकले प्रत्यक्ष संलग्न ल्याब कर्मचारलाई तलब स्केलको ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको थियो ।

त्यस्तै आठौ तह र सो भन्दा माथिका कर्मचारीलाई मासिक २० हजार, अधिकृतस्तर छैठौ र सातौँस्तरका कर्मचारीलाई मासिक १८ हजार, पाँचौस्तरका कर्मचारीलाई मासिक १५ हजार, चौथौस्तरका कर्मचारीलाई मासिक १३ हजार र श्रेणीबिहीन सरसफाईकर्मीलाई ८ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

असन्तुष्ट कर्मचारीहरुले निर्णय अनुसार भत्ता नदिएको आरोप लगाएका छन् । उनीहरुले नगरपालिकाले आफु निकटका कर्मचारीलाई बढी र अन्यलाई कम भत्ता दिएको बताएका छन् । ‘निर्णय गर्ने बेला श्रेणी तोकेर गरियो, असन्तुष्ट समूहका एक स्वास्थ्यकर्मीले भने ‘तर भत्ता दिने बेला मनलाग्दी गरियो, काम भन्दा पनि आफ्नो नजिकको मान्छे हेरियो ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले आफुलाई कुनै पनि कर्मचारीले भत्ताको बिषयमा गुनासो नगरेको बताए । ‘अहिलेसम्म कुनै पनि कर्मचारीले मसँग भत्ताको विषयलाई लिएर गुनासो गर्नु आउनु भएको छैन, उनले भने ‘आउनु भयो भने बसेर कुरा गरौँला, कामको आधारमा भत्ता दिइएको छ ।’

असन्तुष्ट स्वास्थ्यकर्मीहरुले भने काम भन्दा पनि आफन्त हेरेको आरोप लगाएका छन् । उनीहरुले कार्यालय सहयोगीहरुबीचकै भत्तामा समेत ठूलो विभेद रहेको बताएका छन् । ‘प्राथमिक स्वास्थ्य उपचार केन्द्रका कार्यालय सहयोगी र नगरपालिकाको कार्यालय सहयोगी बीच नै भत्तामा सम्मान छैन, असन्तुष्ट समूहका अर्को स्वास्थ्य कर्मीले भने ‘फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु बीच नै पनि विभेद गरिएको छ, कार्य मुल्याङ्कन समेत नगरि भत्ता वितरण गरियो ।’

प्रमुख प्रशासकीय अधिकृत लुइटेलले कार्यपालिका बैठकले श्रेणी तोकेर भत्ता दिने निर्णय गरेको स्वीकार्दै संकटका बेला दिएको प्रोत्सान रकममा गुनासो गर्नुको खास अर्थ नहुने बताए । ‘ल्याब र क्वारेन्टाइनमा खटिने कर्मचारी र एउटा स्वास्थ्य चौकीमा खटिएका स्वास्थ्यकर्मीलाई दिइने भत्ता स्वाभाविक रुपमा फरक हुन्छ, उनले भने ‘यो कुनै निकायबाट ल्याएर दिएको रकम होइन्, नगरपालिका आफैले आन्तरिक स्रोतबाट ब्यवस्था गरेको हो ।’

प्रकाशित मिति : २०७७, ३१ असार बुधबार  १ : ४६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले