२०८३, ११ बैशाख शनिबार

पाँचखालमा थपिए दुई जना कोरोना संक्रमित

पाँचखालमा थपिए दुई जना कोरोना संक्रमित


धुलिखेल , १८ असारः काभ्रेको पाँचखाल नगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा पिसिआर चेक गर्ने क्रममा दुई जनामा कोरोना पुष्टि भएको पाँचखाल नगरपालिका मेयर महेश खरेलले जानकारी दिए ।

दिल्लीबाट असार २ गते पाँचखाल क्वारेन्टाइनमा आइपुग्नु भएका वडा नम्बर ९ का ३७ बर्षिय पुरुष र साउदीबाट असार ७ गते पाँचखाल क्वारेन्टाइनमा आइपुग्नु भएका वडा नम्बर ६ का ३३ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।

संक्रमतिहरुलाई नगरपालिकाले स्थापना गरेको आइसोलेशन कक्षमा राखिएको मेयर खरेलले बताए । नगरको क्वारेन्टाइनमा रहनु भएका २४ जनाको पिसिआर चेक गरिएको थियो । त्यसमध्ये २ जनामा कोरोना संक्रमण देखिएको थियो । पिसिआर चेकको लागि नगरबाट पठाइएको मध्ये अझै ४ जनाको रिपोर्ट आउन बाँकी छ ।

पाँचखालमा यसअघि पनि भारतबाट आएका एक जना पुरुष संक्रमित भएका थिए । योसँगै जिल्लामा संक्रमणको संख्या ९ पुगेको छ । त्यस मध्ये ६ जना उपचार पछि घर फर्किएका छन् । पाँचखालका संक्रमित पनि उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २०७७, १८ असार बिहीबार  ११ : ४२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले