२०८१, २३ माघ बुधबार

केयुको स्कुल आफ इन्जिनियरिङ विभागमा अनलाईन पठनपाठन

केयुको स्कुल आफ इन्जिनियरिङ विभागमा अनलाईन पठनपाठन


धुलिखेल ८ असारः धुलिखेल स्थित काठमाण्डौ विश्व विद्यालयको स्कुल आफ इन्जिनियरिङ विभागले अनलाईन पठनपाठन सुरु गरेको छ । विद्यार्थीहरुको माग र आवश्यकताका आधारमा अनलाइन पठनपाठन सुरु गरिएको हो ।

लकडाउन लम्बिदैँ जाँदा विद्यार्थीहरुको पठनपाठन थप नबिग्रियोस भन्नका लागि अनलाइन कक्षा सुरु गरिएको स्कुल आफ इन्जिनियरिङ विभागका एशोसिएट डिन प्राध्यापक डाक्टर हरि न्यौपानेले जानकारी दिए । दुईहजार भन्दा बढी विद्यार्थी अनलाइन कक्षामा सामेल भइरहेका छन् । स्कुल आफ इन्जिनियरिङ विभागमा ३५ सयको हाराहारिमा विद्यार्थी छन् ।

विद्यार्थीहरुलाई विभागले इन्टरनेटका लागि डाटा प्याक समेत विशेष छुटमा उपलब्ध गराएको छ । देशका विभिन्न दुर्गम भेगका विद्यार्थीलाई समेत समेट्ने उद्देश्यले डाटा प्याकको ब्यवस्था गरिएको हो ।

विद्यार्थीहरुको समयलाई ध्यान दिएर कक्षा सञ्चालन गर्ने गरिएको छ । ‘हामीले विद्यार्थीहरुको समय हेरेर पठनपाठन गरिरहेका छौँ, प्राध्यापक डाक्टर न्यौपानेले भने ‘इन्टनेटका लागि डाटा प्याक दिइरहेका छौँ, आवश्यकता अनुसार यसलाई बढाएर पठनपाठनलाई सहज बनाउने गरी अघि बढीरहेका छाैँ ।’

प्रकाशित मिति : २०७७, ८ असार सोमबार  ६ : ३४ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव