धुलिखेल ८ असारः काभ्रेका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट बनाउन ब्यस्त देखिएका छन् । वडास्तरबाट आएका योजना माथि विश्लेषण गरेर बजेट बनाउन जनप्रनिधि र कर्मचारी जुटेका हुन् ।
जिल्लामा १३ वटा स्थानीय तह छन् । ६ वटा नगरपालिकाका ७४ वटा वडाहरुबाट योजना संकलन भइसकेका छन् । त्यस्तै ७ वटा पालिकाका ६१ वटै वडाहरुबाट आएका योजनाका लागि बजेट छुट्याउने काम भइरहेको गाउँपालिकाहरुले जनाएका छन् । असार १० गतेभित्र देशभरका स्थानीय तहरुले नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार काभ्रेका जनप्रतिनिधि र कर्मचारी योजना, बजेट र कार्यक्रम बनाउन खटिएका हुन् ।
काभ्रेका धेरै जसो स्थानीय तहहरुले चालु आर्थिक वर्षकै योजनालाई निरन्तरता दिने गरि योजना बनाइरहेको पाइएको छ । चैत महिनादेखि जारी लकडाउनका कारण चालु आर्थिक वर्षका महत्वपूर्ण योजनाहरु थाति रहेकाले पुरानै योजनाले प्राथमिकता पाउने देखिएको हो ।
पनौती नगरपालिकाको बोर्ड बैठकमा अनुमानित १ अर्ब १५ करोड ६१ लाख १४ हजार ५ सय बजट असार १० गते नगरपरिषद्मा पेश गर्ने भन्ने विषयमा छलफल भएको हो ।








प्रतिक्रिया