२०८३, ९ कार्तिक सोमबार

निर्माण ब्यवसायी गौतमले गराए काभ्रेका सबै स्वास्थ्यकर्मीको कोरोना बिमा

निर्माण ब्यवसायी गौतमले गराए काभ्रेका सबै स्वास्थ्यकर्मीको कोरोना बिमा


धुलिखेल, ७ असारः काभ्रेको चौरीदेउराली स्थायी ठेगाना भएका निर्माण ब्यवसायी राम बहादुर गौतमले जिल्लाका सबै स्वास्थ्य कर्मीको कोरोना बिमा गराइदिएका छन् । उनले आज प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका संयोजक श्रवण कुमार तिमिल्सिनालाई भेटेर बिमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।

निर्माण ब्यवसायी गौतमले प्रति स्वास्थ्यकर्मीको ६ सय रुपैयाँका दरले चार लाख उन्नानचास हजार चार सय रुपैयाँको चेक प्रमुख जिल्ला अधिकारी तिमिल्सिनालाई हस्तान्तण गरे ।

एक वर्षका लागि १ लाखकाे बिमा गरिएको हो । जिल्लाको १३ वाटै स्थानीय तहमा गरी ७ सय ४९ जना स्वास्थ्य कर्मीको कोरोना बिमा भएको छ । कोरोना महामारीकामा स्वास्थ्य कर्मी नै पहिलो घेरामा रहेर खटिनुपर्ने भएकाले प्रोत्साहान स्वरुप बिमा गरिएको निर्माण ब्यवसायी गौतमले बताए ।

गाैमतले नेपाल पत्रकार महासंघ काभ्रे शाखालाइ ५० हजार सहयाेग गरेकाे छ । स्वास्थ्यकर्मीकाे बिमा गराउन र महासंघलाइ सहयाेग उलपब्ध गराउन महासंघ बागमती प्रदेश सचिव सुरेश हुमागाइले गरेका थिए ।

प्रकाशित मिति : २०७७, ७ असार आईतबार  ४ : ०१ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि