धुलिखेल, ५ असारः काभ्रेको रोशी गाउँपालिकाले भुक्तानीका लागि टोकनको ब्यवस्था गरेको छ । यसअघि पालिकाले वडागत योजनाको भुक्तानीका लागि बार तोकेको थियो ।
योजना फरफारक गर्ने बार निर्धाणर गरिएपनि उक्त बार कार्यान्वयन गर्दा चालु आर्थिक वर्षभित्र भुक्तानी गर्न नसकिने भएकाले टोकन प्रणाली लागु गरिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिए । पालिकाभित्र पस्नु अगाबै टोकन लिनुपर्ने र कम्तिमा १ मिटरको दुरी कायम गर्ने ब्यवस्था कडाइका साथ लागु गरिनेछ । त्यस्तै मास्क र स्यानेटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।
पालिकाले यसअघि आइतबार र सोमबार १, २, ५ र ७ नम्बर वडालाई भुक्तानी दिने बार तोकेको थियो । त्यस्तै मंगलबार र बुधबार वडा नम्बर ३, ४, र ६ का साथै ८, ९, १०, ११ र १२ नम्बर वडाका लागि बिहिबार र शुक्रबार समय निर्धारण गरेको थियो ।








प्रतिक्रिया