धुलिखेल ५ असारः सिन्धुपाल्चोक जिल्लामा १८ जना कोरोना संक्रमति थपिएका छन् । यसअघि ६ जनामा मात्रै संक्रमण पुष्टि भएको थियो । यो सँगै जिल्लामा संक्रमितका संख्या २४ पुगेको छ ।
क्षेत्रिय क्वारेन्टाइन मेलम्ची र बाहुने पाटीको क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण पुष्टिको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए । उनका अनुसार राष्ट्रिय प्रयोगशालाले राति संक्रमितहरुको विवरण पठाएको हो ।
संक्रमण हुनेहरुमा पाँचपोखरी थाङपाल गाउँपालिकाका ११ जना, हेलम्बु गाउँपालिकाका ३ र मेलम्ची नगरपालिकाका ४ जना रहेका छन् । जिल्लामा ३८ जना मात्रै राख्न मिल्ने आइसोलसन बेड छन् । आज उनीहरुको स्वास्थ्य अवस्था हेरेर आइसोलेसनमा राखिने प्रमुख चापागाईले बताए ।








प्रतिक्रिया