२०८३, ९ कार्तिक सोमबार

मण्डदनेउपुरमा टिपर, ट्रक, ट्याक्टर सञ्चालनमा रोक

मण्डदनेउपुरमा टिपर, ट्रक, ट्याक्टर सञ्चालनमा रोक


धुलिखेल, १ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले टिपर, ट्रक, ट्याक्टर सञ्चालनमा रोक लगाएको छ । नगरपालिकाले आज (सोमबार) देखि टिपर, ट्रक, ट्याक्टर सञ्चालनमा रोक लगाएको हो । आइतबार बसेको कार्यपालिका बैठकले नगपालिकाको विकास योजनामा प्रयोग हुने बाहेक अन्य कुनै पनि कामका लागि टिपर, ट्रक, ट्याक्टर चलाउन नपाउने निर्णय गरेको हो ।

भदौँ ३१ गतेसम्म नगरपालिकाको कुनै पनि कच्ची सडकमा टिपर, ट्रक, ट्याक्टर चलाउन नपाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताए । जिरोकिलो सिपाघाट सडकमा भने सञ्चालन हुने पाउनेछन् ।

नगरपालिकाको निर्णय विपरित कच्ची सडकमा टिपर र ट्रकलाई २५ हजार रुपैयाँ जरिवाना र ट्याक्टरको १५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ७ : ५४ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि