२०८३, १४ बैशाख मंगलबार

काभ्रेका विकट पालिकाका संक्रमित धुलिखेलमै राखिने

काभ्रेका विकट पालिकाका संक्रमित धुलिखेलमै राखिने


धुलिखेल, २९ जेठः काभ्रेको विकट स्थानीय तहका कोरोना भाइरसका लक्षण देखिएकालाई धुलिखेलको क्वारेन्टाईनमा राखिने भएको छ । बिहिबार बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द (डिसीसीएमसी) को बैठकलेले महाभारत, खानीखोला र चौरीदेउराली गाँउपालिकाका नागरिकलाई क्वारेन्टाईनमा राख्नु पर्ने भएमा धुलिखेलकोे क्वारेन्टाईनमा राख्ने निर्णय गरेको हो ।

यी तीन वटा पालिकाका बिरामी राख्न धुलिखेल क्याम्पसमा ७५ बेडको क्वारेन्टाइन निर्माण गरिनेछ । भौगोलिक बिकटता र वर्षा याम सुरु भए संगै क्वारन्टाईनमा बस्नेको स्वाब संकलन गर्न कठिनाइ हुने भएकाले यस्तो निर्णय गरिएको बताईएको छ । काभ्रे जिल्लामा हाल ६ सय ७४ शैयाको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ ।

यसैबीच जिल्लाको विभिन्न क्वारेन्टाइनमा बिहिबार ६८ जना बसिरहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । ५७ जना पुरुष र ११ जान महिला गरी ६८ जना क्वारेन्टाईनमा बसिरहेका छन् । जिल्लामा हालसम्म ५ सय ५७ जनाको पीसीआर विधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । त्यस मध्ये ५ जनामा संक्रमण भएको छ । उनीहरुको भक्तपुर स्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

जिल्लामा हालसम्म २ हजार ७१ जनाको आरडिटी विधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । आरडिटीमा ३८ जनामा पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : २०७७, २९ जेष्ठ बिहीबार  ६ : १९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले