२०८३, १६ बैशाख बिहीबार

सञ्चारकर्मी अर्नव गोस्वामीविरुद्ध मुद्दा चलाउन भारतीय अदालतको आदेश

सञ्चारकर्मी अर्नव गोस्वामीविरुद्ध मुद्दा चलाउन भारतीय अदालतको आदेश


काठमाडौं, ११ जेठ: भारतीय रिपब्लिक टेलिभिजनका सञ्चारकर्मी अर्नव गोस्वामीविरुद्ध भारतीय अदालतले मुद्दा चलाउन आदेश दिएको छ। गोस्वामीले साम्प्रदायीक सदभाव भड्काएको भन्दै अदालतले स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको हो।

मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेवापत मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकी पाउँ भन्दै उनले गरेको अपिल सर्वोच्च अदालतले गत मंगलबार खारेज गरेको थियो। उनको अपिल खारेज भएसँर्गै महाराष्ट्र प्रहरीलाई अदालतले अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

हालै टेलभिजन कार्यक्रममार्फत गोस्वामीले मुम्बई सहरका लाखौं सुकुम्बवासीविरुद्ध  तुच्छ भाषा प्रयोग गरेको भन्दै प्रहरीले मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

उनीविरुद्ध अदालतले १४ अलग अलग ठाउँबाट परेका उजुरीलाई खारेज गर्दै सबैलाई एउटै प्याकेजमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको छ।

रिपब्लिक टेलिभिजनका मालिक र प्रधान सम्पादकसमेत रहेका गोस्वामीले केही दिनअघि नेपालको नयाँ नक्सा, कालापानी र लिम्पियाधुराका विषयमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसँग गरेको कुराकानीमा पनि चर्काचर्की गरेका थिए।

साभारः kathmandupress

प्रकाशित मिति : २०७७, ११ जेष्ठ आईतबार  २ : ११ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले