२०८३, ९ कार्तिक सोमबार

अब एक जिल्लाबाट अर्को जिल्ला जाने सबै पास रद्द

अब एक जिल्लाबाट अर्को जिल्ला जाने सबै पास रद्द


काठमाडौं, ३० वैशाख: गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।

गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले अनलाइनखबरसँग भने, ‘बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।’ अधिकारीका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ३० बैशाख मंगलबार  ७ : ३६ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि