२०८३, १५ कार्तिक आईतबार

एक-दुई दिनभित्र स्थायी कमिटी बैठक बोलाउँछौं : प्रचण्ड

एक-दुई दिनभित्र स्थायी कमिटी बैठक बोलाउँछौं : प्रचण्ड


काठमाडौं, २५ वैशाख: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताएका छन् ।

बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग गृहकार्य नपुगेकाले बिहीबार निर्धारित बैठक बस्न नसकेको बताए । ‘अलि गृहकार्य नपुगेकै हो मुख्य रुपमा । त्यसकारण दुई अध्यक्षले एक दुई दिन भित्र बोलाउँछौं’ अध्यक्ष प्रचण्डले भने ।

आज बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी तय भएको नेकपा स्थायी कमिटीको बैठक बिहीबार साँझ स्थगित भएको थियो ।

अनलाइनखबर

प्रकाशित मिति : २०७७, २५ बैशाख बिहीबार  ५ : ५५ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग