२०८३, ९ कार्तिक सोमबार

प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई ईन्सेकको आग्रह

प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई ईन्सेकको आग्रह


धुलिखेल, २२ बैशाखः अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ । सरकारी निकायबाटै अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हनन भएको भन्दै बागमती प्रदेश इन्सेक कार्यालयले विज्ञप्ति मार्फत आफ्नो गम्भीर ध्यानाकर्षण गरेको छ ।

बागमती प्रदेश संयोजक कृष्ण गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘कोरोना संक्रमणको विषम परिस्थितिमा विश्व प्रेस स्वतन्त्रता दिवसको दिन पनि पत्रकारहरूले आफै पीडित भएको आवाज उठाउनु परेको उल्लेख छ ।’ त्यस्तै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको एक महिना भन्दाबढीको लकडाउन, सामाजिक दुरी कायम राखेर गर्नु पर्ने समाचार सम्प्रेषणको सङ्कटको घडीमा पत्रकार भौतिक रुपमा असुरक्षित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सञ्चार गृहले नियमित पारिश्रमिक उपलब्ध नगराउँदा आर्थिक रूपमा समस्या भएको, लकडाउनका कारण आर्थिक गतिविधि बन्द हुँदा विभिन्न सञ्चारमाध्यम तथा जिल्लाबाट प्रकाशन हुने पत्रपत्रिकाको प्रकाशन समेत बन्द भएको विज्ञप्तिमा भनिएको छ । बागमती प्रदेश भित्रका विभिन्न जिल्लामा लकडाउनको अवस्थामा पनि प्रहरी प्रशासन, जनप्रतिनिधि लगायत जिम्मेवार निकायले समाचार सङ्कलनका लागि कार्यस्थलमा खटिँदा पत्रकारलाई धम्की दिने, गिरफ्तार गर्ने लगायतका गतिविधि जारी राखेको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न इन्सेकले आग्रह गरिएको छ ।

समाचार प्रसारण तथा प्रकाशन भएकै कारण पत्रकारलाई चितवन, सिन्धुली, ललितपुर, काठमाडौँ लगायतका जिल्लामा मुद्दा दायर भएको, धम्की तथा दुव्र्यवहार भएको इन्सेकले जनाएको छ । यस्तै सर्वसाधारण नागरिकलाई समेत सामाजिक सञ्जालमा अभिव्यक्ति प्रकट गरेकै आधारमा गिरफ्तार तथा धम्की दिइएको भन्दै इन्सेकले त्यस्ता कार्य तत्काल रोक्न सरकारलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७७, २२ बैशाख सोमबार  ७ : ४० बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि