२०८३, ११ भाद्र शुक्रबार

पाँचखालको अग्नी पिडित रामबहादुरलाई यूवाहरुको सहयोग

पाँचखालको अग्नी पिडित रामबहादुरलाई यूवाहरुको सहयोग


धुलिखेल ९ बैशाख : काभ्रेको पाँचखाल नगरपालिका वडा नं ५ मदनबासका अग्नी पिडित रामबहादुर तामाङलाई पाँचखालका यूवाहरुले १ लाख २५ हजार बराबरको सामान सहयोग गरेका छन् ।

बैशाख ८ गते घरमा करेन्ट सर्ट भएर आगलागी भई घर जलेर समस्यामा परेका रामबहादुर तामाङलाई घर छाउने जस्ता, पाईप, झ्यालढोका, लत्ताकपडा, सिरकडस्ना र आवश्यक रासन पानी सहयोग गरिएको नेकपा काभ्रेका सदस्य एवं राष्ट्रिय युवा संघ काभ्रेका सह -सयोजक राजकुमार श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार सहयोगीहरुमा ग्रिन भिलेज हाउजिङ प्रालिले पाँचखालका समाजसेवी रमेश राज गिरिको सहजीकरणमा जस्ता लगायत छानोका सम्पुर्ण सामग्री सहयोग गरेका छन् ।

यसैगरी पाँचखालकै समाजसेवी धनबहादुर तामाङले घरमा लाग्ने झ्याल ढोका, पाचखाल नगरपालिका वडा नं ५ का अध्यक्ष बालकृष्ण सापकोटाले खाद्यान्न र लत्ताकपडा, नेकपा जिल्ला सदस्य एवं राष्ट्रिय युवा संघ काभ्रेका जिल्ला सह संयोजक राजकुमार श्रेष्ठले खाद्यान्न तथा लत्ताकपडा र पाचखालकै समाजसेवी गणेशलाल श्रेष्ठले लगाउने कपडा तथा तरकारी उपलब्ध गराएका थिए ।

प्रकाशित मिति : २०७७, ९ बैशाख मंगलबार  ७ : ०६ बजे

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार