२०८३, ९ कार्तिक सोमबार

काभ्रेको बेथानचोक गाउँपालिका-४ मा प्रवेश निषेध, ५ मा उच्च सर्तकता

काभ्रेको बेथानचोक गाउँपालिका-४ मा प्रवेश निषेध, ५ मा उच्च सर्तकता


धुलिखेल, ३ बैशाख, काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ४ स्थानीय अनावश्यक मानिसका हिडडुले बडेको भन्दै प्रवेश निषेध गरेका छन् । स्थानीय मुख्य बाटोमा बाँस तेस्र्याएर प्रवेश निषेध गरेका हुन् ।

मंगलबार गरिएको र्यापिड टेष्टमा सोहि गाउँपालिकाको वडा नम्बर ५ का एक युवामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । २८ बर्षीय ती युवा भारतबाट आइपुगेका थिए । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको चिकित्सिकहरुले बताएका छन् । उनलाई स्वाब परिक्षणका लागि धुलिखेल अस्पताल ल्याएको छ ।

बेथानचोक गाउँपालिका–५ का वडा अध्यक्ष खजेन्ची बहादुर लामाले आफ्ना वडाबासीहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन । कोरोना पोजेटिभ देखिएका ती युवा चैत्र ९ गते भारतबाट नेपाल आएका थिए । वडाध्यक्ष लामाले ३÷४ जनाको समुहमा नबस्न र एक ठाउँमा जम्मा नभइ घर घरमा बस्न समेत आग्रह गरेका छन ।

‘यो महामारीको समयमा अति आवश्यक बाहेक एक टोलबाट अर्को टोल, एक गाउँबाट अर्को गाउँ सम्म हिड्डुल समेत नगर्न भनेको छु लामाले भने ‘घरमा बस्दा प्रत्येक ब्यक्तिले माक्स र पन्जा अनिवार्य लगाउनु पर्ने, साबुन पानीले राम्रोसँग हातमुख धुन अनुरोध गरेको छु ।’ वडाध्यक्ष लामाले स्वास्थमा समस्या वा केही परेमा आफ्नो फोन नम्बर ९८५१०९६४१५ फोन गर्न समेत आग्रह गरेका छन् ।
गाउँपालिकाले पनि एक सुचना निकालेर सबै नाकाहरु बन्द गरेको घोषणा गरेको छ ।

प्रकाशित मिति : २०७७, ३ बैशाख बुधबार  ११ : ४६ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि