२०८३, १० कार्तिक मंगलबार

वीरगन्जमा थप २२ भारतीयलाई क्वारेन्टाइनमा राखियो

वीरगन्जमा थप २२ भारतीयलाई क्वारेन्टाइनमा राखियो


वीरगन्ज, ३० चैत: वीरगन्जमा शनिबार राति प्रशासनले भारतबाट आएका थप २६ जनालाई क्वारेन्टानइनमा राखेको छ।  जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार छपकैया र घुसुकपुरका मस्जिदमा रहेका २६ जनालाई शनिबार राति सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको हो।

क्वारेन्टाइनमा पठाएकामध्ये ४ जना नेपाली र २२ भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।

यसअघि छपकैयाको मस्जिदमा बसेका २४ जनामा कोरोना छ कि छैन भनेर स्वाब परीक्षण गरिएको थियो। तीमध्ये तीन जनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ। उनीहरूलाई अहिले नारायण उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।

बाँकी २१ जनालाई शनिबार नै सिद्धार्थ माविको क्वारेन्टाइनमा पठाइएको थियो।

यी भारतीय नागरिकहरू कहिले नेपाल आएका थिए र उनीहरू नेपालमा कहाँकहाँ गए भन्ने अनुसन्धान भइरहेको एसपी पन्तले जानकारी दिइन्।

Setopati

प्रकाशित मिति : २०७६, ३० चैत्र आईतबार  १२ : ४६ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना