२०८३, ९ असार बुधबार

लकडाउनले फर्सी नबिकेपछि धादिङ्गका किसान चिन्तित

लकडाउनले फर्सी नबिकेपछि धादिङ्गका किसान चिन्तित


  • पुरुषोत्तम रिजाल

धादिङ २७ चैतः कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले लकडाउन झन् थपिएपछि धादिङका किसानहरू मर्कामा परेका छन् । खेतमा तरकारी राम्ररी फले पनि व्यपारीले तरकारी लिन नमानेपछि किसानहरू चिन्तित भएका हुन् । थाक्रे २, धादिङमा ४ रोपनीमा फर्सी लागाएका कृष्ण प्रसाद रिजालले फर्सी नबिकेपछि फर्सीमानै ट्याक्टर लगाएर मकै छरेका छन् ।

किसान सधैँ मर्कामानै पर्छ । जति दुःख गरे पनि नाफा जति विचौलियाले खाने र कहिले कहीँ त मल र बिउको पैसा पनि न आउने कुरा किसान कृष्णप्रसाद रिजाल बताउँछन् । काठमाडौँमा ८० रूपियाँमा काउली बिक्री भएपनि आफूले जम्मा १५ रुपियाँमा बेच्नु परेको कृषक उत्तमप्रसाद रिजालको भनाइ छ ।

यसपाली कोरना भाइरसको कारण ९ रोपनीमा लगाएको तरकारीले घाटामात्र व्यहोर्नु परेको उनी बताउँछन् । ‘बारी भरी फर्सी छ, बजार लैजान सकिएन, समयमै बजार पुर्याउन सकिएन भने कुहि हाल्छ, रिजालले भने ‘बजार लैजान नसक्ने अवस्था आएपछि ट्याक्टर लगाएको हुँ ।’

प्रकाशित मिति : २०७६, २७ चैत्र बिहीबार  ६ : ११ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि