२०८३, ९ भाद्र बुधबार

धुलिखेल अस्पतालमा पनि पीपीई बुथ

धुलिखेल अस्पतालमा पनि पीपीई बुथ


धुलिखेल, २७ चैतः धुलिखेल सामुदायिक अस्पतालमा पनि पीपीई बुथ राखिएको छ । बिहिबार देखि अस्पतालमा पीपीई बुथ सञ्चालनमा ल्याइएको हो । रोटरी क्लब धुलिखेलको आर्थिकमा सहयोगमा पीपीई बुथ सञ्चालनमा ल्याइएको हो ।

बुथ अस्पतालको आइसोलेशन वार्डको बाहिर राखिएको छ । कोरानो भाइरस (कोभिड १९) का सम्भावित संक्रमितको परीक्षणमा सहजताका लागि यो बुथ राखिएको हो । सम्भावित संक्रमितको घाँंटीबाट र्‍याल  निकाल्ने क्रममा चिकित्सकलाई पनि कोडिभ १९ सर्नबाट जोगाउन बुथको प्रयोग गरिएको जनाइएको छ ।

बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट र्‍याल  निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भाबना शुन्य हुने जनाइएको छ । संभावित संक्रमितको घाँंटीबाट र्‍याल निकाल्ने क्रममा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्न मिल्ने ब्यवस्था गरिएको छ ।
डाक्टर महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगमा यो बुथ काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले बनाएको हो ।

बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवाल, इन्जिनियर हरेराम हुमागाई र रोटरी क्लब अफ धुलिखेलले एक कार्यक्रमका वीच अस्पताललाई यो बुथ हस्तान्तरण गरेका थिए ।

बुथ निर्माणमा सहयोग गर्ने राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष डा महाबीर पुनः डा अरुण कुँवर, अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा शंकर ढकाल, ईन्जिनियर हरेराम हुमागाई, ईन्जिनियर विमलराज गोसाई र सिदार्थविक्रम पाण्डेलगायतलाई रोटरी क्लबले विशेष धन्यवाद दिएको थियो ।

प्रकाशित मिति : २०७६, २७ चैत्र बिहीबार  २ : २८ बजे

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको