२०८३, ९ भाद्र बुधबार

पनौती नगरपालिकामा दोस्रो चरणको राहत वितरण सुरु 

पनौती नगरपालिकामा दोस्रो चरणको राहत वितरण सुरु 


धुलिखेल, २६ चैतः काभ्रे जिल्लाका १३ वटा स्थानीय तह मध्ये कोरोना भाइरसका कारण लकडाउन पछि राहत वितरणमा अग्रणी भुमिका निर्वाह गरिरहेको पनौती नगरपालिकाले दोस्रो चरणको राहत वितरण सुरु गरेको छ ।

पालिकाले आजबाट फुड बैकमा भएको राहत सामग्री सम्बन्धी वडा कार्यालयमा पठाउन सुरु गरेको हो । पालिका अतिविपन्न र दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गर्दै आइरहेको छ । पालिकाले वडा नम्बर ६, ९, १० र ११ नम्बर बडाका लागि राहत सामग्री पठाएको बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

फूड बैंक ब्यवस्थापन समितिका संयोजक समिति रहनुभएका अधिकारी अनुसार प्रत्येक वडालाई ५० प्याकेटका दरले राहत सामग्री वडालाई पठाइएको हो । यसअघि पालिकाले नगरपालिकाभित्रका १३० घरपरिवारलाई राहत वितरण गरेको थियो । नगरपालिका चालम, दाल, नुन, तेल लगायत १७ प्रकारका दैनिक उपभोग्य वस्तु राहत प्याकेजमा समावेश गरेको छ ।

प्रकाशित मिति : २०७६, २६ चैत्र बुधबार  ५ : ०७ बजे

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा