२०८२, १३ फाल्गुन बुधबार

पाँचखालका मेयर खरेलले तोके पसल खोल्न पाउने समय

पाँचखालका मेयर खरेलले तोके पसल खोल्न पाउने समय


धुलिखेल, २५ चैतः आफ्नो नगरबासीलाई कोरोना भाइरस संक्रमणबाट जोगाउन अनेक तरिकाको खोजीमा रहेका पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले पसल खोल्ने समय तोकेका छन् । मंगलबार नगरपालिकामा बसेको संयुक्त बैठकमा मार्फत खरेलले नगरपालिकाभित्रका पसल निश्चित समयभित्र मात्रै खोल्न पाउने निर्णय गराएका हुन् ।

बैठकको निर्णय अनुसार खाद्यान्न, तकारी, मासु तथा फलफूल पसल हप्ताको दुई दिन विहान ६ बजेदेखि १० सम्म मात्रै खोल्न पाइने छ । यो सयममा हप्ताको सोमबार र शुक्रबारमात्रै खोल्न पाइनेछ । यो नियम औषधि, भेटेरिनरी तथा बिउ विजन बेचविखन गर्ने पसललाई लागु हुने छैन । मेयर खरेलले यो बाध्यात्मक निर्णय भएको भन्दै ब्यवहारमा लागु गर्न नगरबासीलाई आह्वान गरेका छन् ।

रक्सी, गुट्खा तथा सुपारी जन्य बस्तु अर्को सुचना जारी नभएसमम्मका लागि बिक्री वितरण गर्न पुर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको मेयर खरेलले जानकारी दिए । बैठकमा पाँचखाल नगरपालिकालाइृ ३ महिनाका लागि खाद्य संकन नहुन नदिन ब्यवसायीहरुले सामुहिक प्रतिबद्धता समेत जनाएका छन् । ‘हिजो मैले जसरी पाँचखालबासीको घर–घर पुगेर मत मागेरको थिए, आज उहाँकै जीवन रक्षाका लागि यो कठोर निर्णय गरेको छु, मेयर खरेलले भने ‘यसलाई पूर्ण पालना गरिदिनोस् कोरोना भाइरसबाट हाम्रो नगरका कोहि पनि नागरिक संक्रमित नहुन ।’

नगरपालिका गरेको निर्णय नमाने प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७६, २५ चैत्र मंगलबार  ८ : ३१ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको