२०८३, ९ भाद्र बुधबार

साँगादेखि बीपी राजमार्गको नमोबुद्ध नगरपालिकासम्म निःशुल्क खाना

साँगादेखि बीपी राजमार्गको नमोबुद्ध नगरपालिकासम्म निःशुल्क खाना


धुलिखेल, २५ चैतः बनेपा नगरपालिका वडा नम्बर ५ मा रहेको पानस पार्टी प्यालेसले निःशुल्क खाना खाने ब्यवस्था मिलाई रहेको छ । पार्टी प्यालेसले काभ्रे उद्योग बाणिज्य संघको समन्वयमा कोरोना भाइरससँगै लकडाउन पछि उत्पन्न परिस्थितिका कारण समस्यामा परेका मानिसलाई निःशुल्क खाना र पानीको ब्यवस्था गरेको हो ।

सुर्य श्रेष्ठ, बिमल सोनाम, विकास श्रेष्ठ, इन्द्र श्रेष्ठ, नवीन वैद्य, निरन्जन तिमल्सिना, दिपक दाहाल, दिनेश दाहाल, अरुण थापा, बिजेस पोटे, जुलेस खड्का, इमरान अन्सारी, रुपेन्द्र शाक्य, कृष्ण बहादुर पन्त, राजकुमार तिमल्सिना र हरिभक्त श्रेष्ठको समूहले निःशुल्क खाना उपलब्ध गराएका हुन् ।

उनीहरुले अरनिको राजमार्ग अन्तर्गत साँगाभञ्ज्याङदेखि बीपी राजमार्गको नमोबुद्ध नगरपालिकाको सिमानासम्म अलपत्र परेका यात्रुहरुलाई निःशुल्क खाना उपलब्ध गराइरहेका छन् । लकडाउनसँगै होटल बन्द भएपछि टाढा–टाढा हिडेका पैदलयात्रुले खानपानको समस्या झेल्दै आइरहेका बेला निःशुल्क खाना र पानीको उपलब्ध गराइरहेको सूर्य श्रेष्ठले बताए ।

अहिलेसम्म झण्डै १५ सय जनालाई निःशुल्क खाना खुवाईसकेको निरन्जन तिमल्सिनाले बताए । उनीहरुले पार्टी प्यालेसमा पाएको खाना पाकिङ गरेर सडकमा हिड्ने पैदय यात्रु, अलपत्र परेका मानिस, असहाय, बृद्धबृद्धा, सावरी चालक लगायतलाई दिने गरेका छन् । दाल, भात, काउली, गेडागुडी सहितको सहकारी खाना पानस पार्टी प्यालेसले उपलब्ध गराइरहेको नवीन बैद्यले बताए ।

प्रकाशित मिति : २०७६, २५ चैत्र मंगलबार  ७ : ४३ बजे

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा